
२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले मत अन्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ८२६ मतले अगाडि छन् ।
१० हजार ४८१ मत गणना हुँदा सिंहले ५ हजार १३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरिश गिरीले १५३ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार ३५९ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ५४९ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4