
३ जेठ, बैतडी । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याइ निर्वाचित भए ।
रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत ल्याए ।
उपमेयरमा माओवादी केन्द्रका कमल सिंह बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरु भट्टले ५ हजार ४२७ मत ल्याए ।
पाटनमा काग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4