
३ जेठ, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रकी जुनमाया रोकाया विजयी भएकी छन् ।
अध्यक्ष बोहराले २७६८ मत प्राप्त गरे । उपाध्यक्ष रोकायाले २७५४ मत पाइन् । अध्यक्षका निकटत प्रतिस्पर्धी माओवादीका हरिबहादुर बुढाले २६६८ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्तिले बुढाले २४६३ मत पाएकी छन् ।
पातारासीमा २०७४ सालमा कांग्रेका लक्षिमन बोहरा र उपाध्यक्ष पुन्नकली महतारा विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार पातारासी गाउँपालिकामा यस पटक ६३३३ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4