
३ जेठ, काठमाडौं । डडेलधुराको भागेश्वर गाउँपालिकाको सबै पदको मत परिणाम आउँदा स्वतन्त्रले जितेको एक पद बाहेक सबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
एक वडाध्यक्ष स्वतन्त्रबाट विजयी भएका छन् । पालिकाका कुनै पनि पदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जित निकाल्न सकेनन् ।
कांग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका हेमराज चटौत २ हजार ३११ मत प्राप्त गरी विजयी भए । एमालेले रामबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो । पराजित भएका शाहीले १ हजार ७८ मत ल्याए । चटौत र शाहीको मतान्तर १ हजार २३३ छ ।
उपाध्यक्षमा कांग्रेस उम्मेदवार पुष्पा ठकुराठीले २ हजार ३४८ मत ल्यउँदा माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्रै ल्याइन् ।
गाउँपालिकाका ६ मध्ये पाँच वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4