+
+

विन्दवासिनी-३ मा विवाद, मतगणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १६:१२

३ जेठ, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं ३ को अन्तिम मत परिणामलाई लिएर विवाद भएपछि मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जय प्रकाश चौरसियालाई विजयी घोषणा गरेपछि विवाद भएको हो ।

कांग्रेसका उम्मेदवार चौरसियालाई एमालेका उम्मेदवार हनिफ मिया जोलाहभन्दा १ मत बढी ल्याएर विजयी भएको घोषणा गरिएसँगै विवाद सुरु भएको हो । ‘रुखले ११८५, सूर्यले ११८४ मत पाएको छ । एक मत बढी ल्याएर कांग्रेसका उम्मेदवार विजयी भएपछि घोषणा गरेका हौं’ उनले भने, ‘अर्को पक्षले विवाद गरिरहेका छन् । सबै मतगणनामा एमालेका प्रतिनिधि पनि हुनुहुन्थ्यो । कुनै समस्या आएको थिएन । अन्तिम मत परिणाम आउँदा १ मतले पराजित भएपछि विवाद गरेका छन् ।’

अन्तिम २०० मतगणना गर्दा कांग्रेसका उम्मेदवारले बढी भोट ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शंका लागेको ठाउँमा मत गणनाको क्रममा तत्कालै पुनः गणना गर्ने गरेको बताउँदै निर्वाचन अधिकृत कोइरालाले विवाद गर्नुको कुनै अर्थ नभएको बताए । ‘कांग्रेसका उम्मेदवार विजयी भएको औपचारिक घोषणा भइसकेको छ ’ उनले भने, ‘आयोगले रिकाउन्टिङ गराउनुपर्ने आवश्यकता हेरेर आदेश दिन्छ भने बेग्लै कुरा हो, हैन भने अदालत जानुको विकल्प छैन ।’

एमालेको आग्रहमा केहिबेर मतगणना स्थगित गरिएको उनको भनाइ छ । अन्तिम मत परिणाममा भने एमालेका प्रतिनिधिले हस्ताक्षर नगरेको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

एमालेले पुनः मतणगना हुनुपर्ने माग राखेर निर्वाचन अधिकृतको कार्यालयमा निवेदन समेत दर्ता गराएको छ । एमालेको उम्मेदवार विजयी भएको घोषणा गरिसकेर पनि पछि पुनः कांग्रेसका उम्मेदवारलाई १ मतले जिताएको आरोप उनीहरूको छ ।

एमालेका नेता एवं संविधान सभा सदस्य राजकुमार गुप्ताले निर्वाचन अधिकृतको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।

‘एमालेका उम्मेदवार जितिसकेको भनेर आएको थियो, विजय जुलुसको तयारी पनि भइसकेको थियो,’ उनले भने, ‘तर पछि १ मतले हार्‍यो भनेर आयो, त्यहाँ बदमासी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?