+
+

स्वस्थ प्रतिस्पर्धामा योभन्दा कमजोर हुनुपर्छ भने पनि तयार छौं : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:४०
फाइल तस्वीर

३ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको निर्वाचनमा सत्ताको दुरुपयोग भएको बताएका छन् । नौ महिना लामो संसद अवरोध हटाएको जानकारी दिने क्रममा मंगलबार प्रतिनिधिसभा बैठकमा ज्ञवालीले सत्ता गठबन्धनले निष्पक्ष निर्वाचन नगराएको बताए ।

‘स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट यदि हामी योभन्दा कमजोर हुनुपर्छ भने पनि तयार छौं । आत्मसमीक्षा गर्न तयार छौं । तर सत्ताको दुरुपयोग भएको छ,’ ज्ञवालीले भने । चौतर्फी घेराबन्दी चिरेर भए एमालेले सत्ता गठबन्धनको उद्देश्य पूरा हुन नदिएको बताए ।

‘यो चौतर्फी घेराबन्दी, दुनियाँमा कहीं नहुने सत्ताले, सत्ताको गठबन्धनले प्रतिपक्षका विरुद्धमा गर्ने गठबन्धनलाई चिरेर पनि हामीले जे परिणाम हासिल गरेका छौं । त्यसमा कुनै गुनासो छैन,’ ज्ञवालीले भने । चुनावपछि एमालेलाई टर्चलाइट बालेर खोज्नुपर्ने सत्तारुढ नेताहरुको अभिव्यक्ति गलत साबित भएको पनि उपमहासचिव ज्ञवालीले बताए ।

तर एमालेले पटकपटक खबरदारी गरे पनि सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । चुनावको मिति घोषणा भइसकेपछि सुरक्षाकर्मी र कर्मचारीको सरुवा गरेर सत्तालाई अनुकूल हुनेगरी ‘सेटिङ’ भएको समेत ज्ञवालीले आरोप लगाए ।

‘निर्वाचनको मिति घोषणा भइसकेपछि सुरक्षाकर्मीहरुको सरुवा गरियो । कर्मचारीहरुलाई यताबाट उता सार्ने । पटकपटक यस्ता खाले कामहरु भए । त्यसको कुनै औचित्य थिएन,’ उनले भने । मतदानकै क्रममा पनि सीडीओ, सुरक्षाकर्मी र कर्मचारीले गठबन्धनका उम्मेदवारलाई सहयोग पुग्ने काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?