
३ जेठ, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन् ।
उनी नौ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले नौ हजार ७६० मत ल्याए । त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी निर्वाचित भएकी छन् ।
उनले १० हजार ८६ मत पाएकी छन् । त्यस्तै नेपाली कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत पाइन् भने एमालेकी सावित्री शर्मा बख्रेलले पाँच हजार ४२२ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4