+
+

पर्साको धोबिनी गाउँपालिका अध्यक्षमा जसपाका चौहान निर्वाचित

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ४ गते ३:०१

४ जेठ, वीरगञ्ज । पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीलाई जम्मा २० मतान्तरले पराजित गर्दै मदन अध्यक्षमा निर्वाचित भएका हुन् । मदनले तीन हजार ९१ मत ल्याए भने वशिष्ठले तीन हजार ७१ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवले भन्दा ५६६ मत बढी पाइन् । मञ्जुले तीन हजार १४३ मत पाउँदा प्रियंकाले दुई हजार ५७७ मत पाइन् । निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई बुधबार दिउँसो प्रमाणपत्र वितरण गर्ने निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

अध्यक्ष र उपाध्यक्षमा ०७४ सालको निर्वाचनमा भन्दा ठीक उल्टो परिणाम देखिएको छ । ०७४ मा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम विजयी भएको थियो । त्यसबखत अध्यक्षमा नेपाली कांग्रेसका सुरेशप्रसाद कुर्मी (२१७६) र उपाध्यक्षमा फोरमबाट पारसनाथ प्रसाद कुर्मी (२४५९) निर्वाचित भएका थिए । यस वर्ष उपाध्यक्षमा निर्वाचित मञ्जु उपाध्यक्षमा पारसनाथसँग १७१ मतले पराजित भएकी थिइन् ।

वडामा जसपा कमजोर

५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा ०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले ३ र कांग्रेसले २ वटा वडाको अध्यक्ष जितेको थियो । तर यसपटक कांग्रेसले ३ वटा जितेको छ भने जसपाले २ वटा वडाको अध्यक्ष जितेको छ ।

०७४ मा संघीय समाजवादी फोरमले जितेको वडा नं १ को वडा अध्यक्षमा कांग्रेसका बन्धु साह तेली ५७४ मत ल्याएर निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी जसपाका ललन राउत कुर्मीले ४७७ मत पाए । बन्धु ०७४ को निर्वाचनमा ललनसँग २६ मतले पराजित भएका थिए । ललन ३७३ मत ल्याएर विजयी हुँदा बन्धु ३४७ मत ल्याएर दोस्रो भएका थिए ।

वडा नं २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी ८७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका नन्दलाल कुर्मीले ४९१ मत पाएका छन् । नन्दलाल निवर्तमान अध्यक्ष हुन् । उनी तत्कालिन फोरमबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबखत राजपामा रहेका देवेन्द्रलाई उनले १५१ मतले पराजित गरेका थिए ।

वडा नं ३ मा पुनः नेपाली कांग्रेसका राजकिशोर प्रसाद कुर्मी (५७०), वडा नं ४ मा कांग्रेसकै अबास मिया चुरिहार र वडा नं ५ मा पुनः मनौवर अहमद (८६०) अध्यक्षमा निर्वाचित भएका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?