+
+

तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ६:५३

३ जेठ, जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन् ।

रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन । उनले १९३६ मत प्राप्त गरेका छन् ।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १९१५ मत प्राप्त गरेका हुन् ।

यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन । उनले २००४ मत प्राइन्ग । उनका प्रतिस्पर्धी कांग्रेसकी सुस्मा श्रेष्ठले १८०७ मत प्राप्त गरेकी छन् ।

२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा ऐमालेबाट रतननाथ योगी अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा भने  माओवादी केन्द्रकी बिष्णुमाया बुढा विजयी भएकी थिइन् ।

यसपटक तिला गाउँपालिकामा ६३३१ मत खसेको थियो । तिलामा जितेपछि माओवादी केन्द्रले जुम्लामा दुई पालिका अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?