
४ जेठ, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत भएका हुन ।
चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरिन् । हरिजनले ५ हजार ७ सय ४३ मत ल्याउँदा रायले ५ हजार ३ सय ४९ मत ल्याइन् । पराजित राय निवर्तमान उपाध्यक्ष समेत हुन् ।
यसअघि गाउँपालिकामा दुवै पद कांग्रेस( अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो ।
७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं. ४ मा एमालेका सुरेश यादव निर्वाचित भएका छन् ।
वडा नं. ५ मा कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं. ६ मा कांग्रेसकै छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादीका हेयात खाँ धुनिया वडाध्यक्षमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4