+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ९:०२

दाङ । दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो,’ इन्सपेक्टर पाण्डेले भने ।

घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने उनले बताए । ‘कोठा भित्रबाट लक थियो । त्यसैले सुसाइड हो कि जस्तो देखिन्छ,’ इन्सपेक्टर पाण्डेले भने, ‘मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?