
४ जेठ, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् ।
रोकायाले एमालेका उम्मेदवारलाई २५४६ मतान्तरले पराजित गरेका हुन् । रोकायले ३५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका ज्ञामी बुमीले ९९७ मतमात्रै ल्याएका छन् ।
उपाध्यक्ष माओवादी केन्द्रका चन्दसिहं कार्की एमालेकी जुनकुरा फडेरालाई २२०५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।कार्कीले ३२६९ मत ल्याए भने निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा फडेराले १०६४ मत ल्याएकी छन् ।
पालिकामा माओवादी केन्द्रले वडानम्बर २, ४ र ८ जितेको छ । कांग्रेसले ७ र ५ वडामा अध्यक्ष जितेको छ ।
यस्तै गरि एमाले वडा नम्बर -१ र ६ को अध्यक्ष जितेको छ भने वडानम्बर ३ मा स्वतन्त्रले उम्मेदवारले वडाध्यक्ष जितेका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4