+
+

कपिलवस्तुको बाणगंगामा एमाले विजयी, अर्याल बने मेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ९:०२

५ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् ।

एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । दुबै बीच ६ सय ३९ मतको अन्तर छ ।

त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन् ।

वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?