+
+

सुर्खेतको भेरीगंगाको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १०:२३

५ जेठ, काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।

मेयरमा एमालेका यज्ञप्रसाद ढकालले १०, ०२२ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर सिंहले ९७९७ मत पाए ।

अध्यक्षमा जनता समाजवादीका अमरबहादुर बुढा २६३, राप्रपाका गोपाल हमालले २४९, एकीकृत समाजवादीका जयबहादुर सुनारले १७९ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकै धनसरा बोहरा विजयी भएकी छन् । बोहराले ९६१४ मत पाएर विजयी भएकी हुन् भने उनका निकटतम माओवादीका नन्दबहादुर कार्की (नरेन्द्र)ले ८९१३ मत पाए ।

उपमेयरमा जनता समाजवादीका रत्ना बिकले २१५ र राप्रपाका मीना बिसीले २०० मत पाएका छन् ।

भेरीगंगा नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस निर्वाचित भएको थियो । तर, योपटक भने गठबन्धन गर्दा पनि पराजित भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?