
५ जेठ, जुम्ला । जुम्लाको आठवटै स्थानीय तहमा पाँच वटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसको बगी उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन् । खड्काले दुई हजार ८०८ मत प्राप्त गरेकी छन् ।
त्यस्तै जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा निर्वाचित भएका छन् । कांग्रेसका बुढाले एक हजार ७७५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उपप्रमुखमा एकीकृत समाजवादीका शान्तिकुमारी मल्ल भण्डारी निर्वाचित भएकी छन् । उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् ।
जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपाध्यक्षमा गौरीकला बुढा (कल्पना) निर्वाचित भएका छन् । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । उनले एक हजार ९३६ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय एक हजार ९१५ मत प्राप्त गरेका हुन् । उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गौरीकला बुढा (कल्पना) निर्वाचित भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन् ।
जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । उनले दुई हजार ३२० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बीरबहादुर कुँवरले एक हजार ८०६ मत प्राप्त गरेका हुन् । तातोपानीमा उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल निर्वाचित भएकी छन् ।
उनले एक हजार ७५८ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३१२ मत प्राप्त गरेकी छन् ।
सिजा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल निर्वाचित भएकी छन् । धितालले एक हजार ९४९ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले एक हजार ८ सय ३१ मत ल्याए ।
उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया एक हजार ९५६ मतले निर्वाचित भइन् । उका प्रतिस्पर्धी नेपाली कांग्रेसका रजनकली शाहीले एक हजार ६९ मत ल्याएकी छन् ।
जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा निर्वाचित भएका छन् । अध्यक्ष बोहराले दुई हजार ६६८ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया निर्वाचित भएकी छन् । उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त ल्याएकी हुन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्ति बुढाले दुई हजार ४६३ मत ल्याएर पराजित भएकी हुन ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी भएकी हुन ।
अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गरेका छन ,भने उपाध्यक्ष बुढाले दुई हजार तीनसय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रत्यासी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँचसय ६२ र उपाध्यक्ष रीता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन् ।
२०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष पद जितेको थियो । नेपाली कांग्रेसले ५ अध्यक्ष दुई उपाध्यक्ष जितेको थियो ।
त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन ।
लक्ष्मण शाहीले एक हजार ८७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५१८ मत ल्याएकी छन् भने उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी हुन् ।
प्रतिक्रिया 4