
६ जेठ, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा लोसपाका विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेखुल यादवले ३२४३ मत पाए ।
यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै रंजितादेवी यादवले ३२४३ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4