+
+

घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा कलाकार मुनाल घिमिरे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ११:२४

६ जेठ, दाङ । कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा विजयी भएका हुन् ।

घिमिरेले १ हजार ५२५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत प्राप्त गरे ।

पछिल्लो केही वर्ष उनी गृह जिल्ला दाङ फर्किएर राजनीतिमा सक्रिय छन् । उनी एमालेको घोराही उपमहानगरपालिका-४ को वडाकमिटी अध्यक्ष समेत हुन् ।

तीन दशकको कलकारिता यात्रामा उनले नाटक, टेलिश्रृंखला र ठूला पर्दाको  सिनेमाहरुको निर्माण, निर्देशन तथा अभिनय गरेका छन् । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान् श्रीमती’ घिमिरेले निर्माण गरेका फिल्म हुन् । घिमिरेले फिल्म ‘खबरदार’ र ‘इच्छा’को निर्देशन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?