+
+

मधेशको ९औं अधिवेशन १९ जेठमा आह्वान गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:२८

६ जेठ, जनकपुरधाम । मधेश प्रदेश सभाको ९औं अधिवेशन १९ जेठमा आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ जेठ बिहीबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश प्रहरी समायोजन गर्न दबाव दिने उद्देश्यले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

नेपाल तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा ६, ७, ८ को कार्यान्वयन गर्न संघीय सरकार उदासिन रहेको भन्दै मधेश सरकारले सातै प्रदेशका आन्तरिम मामिला मन्त्रीको बैठक बोलाउने निर्णय गरेको हो ।

असारको पहिलो साता यो बैठक बोलाउने निर्णय भएको प्रदेश सरकारका प्रबक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बैठक जनकपुरधाममै बस्नेछ ।

यो ऐन २०७६ साल माघ १८ गते नै राष्ट्रपतिले प्रमाणिकरण गरिसकेको र प्रदेशमा २०७५ सालमै प्रदेश प्रहरी ऐन निर्माण भइसकेको, नेपालको संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहनेछ भन्ने व्यवस्था गरेको, सोही धाराको उपधारा ३ मा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण तथा समन्वय सम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुने उल्लेख रहेको भएपनि संघीय सरकारले कार्यान्वयन गर्न ध्यान नदिएको मधेश प्रदेश सरकारले बताउँदै आएको छ ।

दुई वर्षदेखि संघीय सरकार आफैंले बनाएको कानुनको कार्यान्वयन नगरी संविधान विपरीतको कार्य गरिरहेको भन्दै मधेश प्रदेश सभामा संकल्प प्रस्ताव पनि पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?