+
+

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

राजन दाहाल राजन दाहाल
२०७९ जेठ ७ गते २०:१४

७ जेठ, हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण गाडी सडकमै पल्टिएको छ ।  गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखाेलामा खसेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि २ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा र ५ जनालाई हेटाैंडा अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि पठाएकामध्ये ३ जनाकाे हेटाैंडामा र एक जनाको काठमाडौंमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?