
७ जेठ, वीरगञ्ज । बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी विजयी भएको छ । अध्यक्षमा जसपाका ३५ वर्षीय उदयप्रसाद यादव विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह भन्दा उदयले ६०१ मत बढी पाएका छन् ।
उदयले चार हजार १७६ मत पाएर निर्वाचित हुँदा चन्दनले तीन हजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय देवतालले जनाएको छ ।
उपाध्यक्षमा जसपाकै सीतापती देवी यादव ४२०५ मत ल्याएर विजयी भएकी छन् । निकतम प्रतिस्पर्धी लोसपाको रामपति देवीले ३०७६ मत पाएकी छन् ।
७ वटा वडा रहेको देवतालमा जसपा र काँग्रेस ३/३ वडामा विजयी हुँदा एउटा लोसपाले जितेको छ ।
वडा नं १, २, ३ मा क्रमशः जसपाका अरुण कुमार सिंह (४०६), मनरुदीन मिया ठकुराई (१३६१) र राम किशोरप्रसाद कुशवाहा (६३९) विजयी भएका छन् ।
वडा नं ४, ५ र ७ मा नेपाली कांग्रेसका ललन कुमार यादव (४४४), सुरेश प्रसाद साह (७४७) र सतेन्द्र प्रसाद यादव (५८२) विजयी हुँदा वडा नं ६ मा लोसपाका सञ्जय कुमार (५८५) ले जितेका छन् ।
प्रतिक्रिया 4