+
+

रुपन्देहीका १३ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो

३ पालिकाको नतिजा आउन बाँकी

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ ८ गते १२:०९

८ जेठ, बुटवल । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा रुपन्देहीका १६ मध्ये १३ पालिकाको मतगणनाको परिणाम आउँदा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

पछिल्लो मतपरिणाम अनुसार १३ मध्‍ये नेपाली कांग्रेसले ८ स्थानीय तहमा प्रमुख र अध्‍यक्षमा विजयी हुँदै पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो दल तथा हृदयेश त्रिपाठीको दल जनता प्रगतिशील पार्टी तेस्रो दल बनेको छ । अघिल्लो चुनावमा तेस्रो रहेको कांग्रेस पहिलो बन्दा दोस्रो रहेको जनता समाजवादी पार्टी अहिले चौथो दलमा खुम्चिएको छ ।

हालसम्म कांग्रेसले एक उपमहानगर, २ नगर र ५ गाउँपालिकाको प्रमुख/अध्यक्ष तथा ३ गाउँपालिकाको उपाध्यक्ष जितेर पहिलो दल बनेको हो । रुपन्देहीमा २०७४ को स्थानीय तह चुनावमा एमाले र जसपा पछि कांग्रेस तेस्रो दलमा खुम्चिएको थियो ।

कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डे, सिद्धार्थनगरको मेयरमा इस्तियाक राई, सैनामैना नगरपालिकाको मेयरमा फणेन्द्र शर्माले जितेका छन् । यसअघि मेयर जितेको देवदह यसपटक कांग्रेसले गुमाएको छ ।

यस्तै कन्चन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवराज ढकाल, मायादेवी गाउँपालिकामा ध्रुवनारायण चौधरी, शुद्धोधनमा विष्णुप्रसाद बसयाल, सियारीमा थानेश्वर घिमिरे र सम्मरीमाइमा विनोदकुमार श्रीवास्तवले अध्यक्ष जितेका छन् । यस्तै उपाध्यक्षहरुमा ओमसतियामा सुनिता चौधरी, कांग्रेसले नगरपालिकाको उपमेयरसियारीमा तारा चौधरी र सम्मरीमाईमा कुमारी प्रियंका शाही सिंह निर्वाचित भएका छन् ।

नेकपा एमालेले एक नगरपालिकाको प्रमुख, दुई गाउँपालिकाको अध्यक्ष तथा एक उपमहानगरसहित तीन नगरपालिकाको उपमेयर र दुई गाउँपालिका उपाध्यक्ष जितेको छ ।

देवदहको मेयरमा ध्रुव खरेल,गैडहवा गाउपालिका अध्यक्षमा सुरेन्द्र पौडेल तथा ओमसतिया गाउपालिका अध्यक्षमा मन्जित यादव निर्वाचित भएका छन् । बुटवल उपमहानगरमा सावित्रादेवी अर्याल, देवदहमा विद्यालक्ष्मी गुरुङ,सैनामैनामा विना राना मगर र सिद्धार्थनगरमा उमा अधिकारी उपमेयरमा निर्वाचित भएका छन् ।

यस्तै शुद्धोधन गाउँपालिका उपाध्यक्षमा शान्ता ज्ञवाली र गैडहवाको उपाध्यक्षमा माधुरी जैसवाल निर्वाचित भएका छन् । मर्चवारी गाउँपालिका अधयक्ष र उपाधयक्षमा क्रमशः गयाप्रसाद बरई र आशा सिंहले जितेर जनता प्रगतिशील पार्टी हालसम्मको नतिजामा तेस्रो बनेको छ ।

यस्तै जनता समाजवादी पार्टीका विद्याप्रसाद यादवले रोहिणी गाउँपालिका अध्यक्षमा जितेर पार्टीलाई चौथो बनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोहिणी गाउँपालिका उपाध्यक्षमा शिवकान्ती चमार विजयी भएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका नर्वदादेवी उपाध्याय मायादेवी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

३ पालिकाको नतिजा आउन बाँकी

रुपन्देहीका १९ मध्ये अब तीनवटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउपालिकाको मतगणना जारी रहेको छ ।

यी सबै पालिकाको अन्तिम नतिजा आउन कम्तीमा दुई दिन लाग्ने रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?