
१ असार, बुटवल । रुपन्देहीका १६ स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड रुपैयाँ बढीको बेरुजु देखिएको छ ।
एक उपमहानगर, ५ नगरपालिका र १० वटा गाउँपालिकाको लेखा परीक्षणमा ६९ करोड २१ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
रुपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै र कञ्चन गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।
अघिल्लो वर्ष पनि बुटवलको बेरुजु लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सबैभन्दा बढी थियो ।
जिल्लाका पालिकाहरुले नियम र परिधिभित्र बसेर खर्च गर्न नसक्दा बेरुजु देखिएको हो । पालिकाको बढ्दो बेरुजुले वित्तीय अनुशासन कमजोर रहेको देखिन्छ ।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको ६२ औं वार्षिक प्रतिवेदनमा मुलुकको कुल बेरुजु ७ खर्ब ३३ अर्ब पुगेको उल्लेख छ । कार्यालयका अनुुसार आव २०८०/८१ मा ९१ अर्ब ५९ करोड रुपैयाँ बेरुजु थपिएको छ । ६१ औं प्रतिवेदनमा ६ खर्ब ६९ अर्ब ८६ करोड बेरुजु कायम भएको थियो ।
१३९ वटा स्थानीय तहको भने १ प्रतिशतभन्दा कम बेरूजु छ । सबैभन्दा बढी बेरुजु सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको छ । यो पालिकामा एक अर्ब ६४ करोड रूपैयाँको लेखा परीक्षण गरिएकोमा २५ करोड ७७ लाख रूपैयाँ बेरुजु निस्किएको छ ।
रुपन्देहीका पालिकाहरुमा बेरुजुको अवस्था कस्तो छ हेरौं –
बुटवलको बेरुजु ८ करोड ६४ लाख ६० हजार
बुटवलको ४ अर्ब ५० करोड ६८ लाख २९ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ८ करोड ६४ लाख ६० हजार बेरुजु देखिएको छ ।
कुल बेरुजुमध्ये ९७ लाख १७ हजार रुपैयाँको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने ३४ लाख ८ हजार रुपैयाँ देखिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी खर्चको प्रमाण कागजात पेश गर्नुपर्ने बेरुजु ३ करोड ९४ लाख ४५ हजार रुपैयाँ, नियमित गर्नुपर्ने ३ करोड ३५ लाख ९ हजार रुपैयाँ र पेश्की बाँकी रु. ३ लाख ८१ हजार रहेको छ ।
गत वर्षसम्म सम्परीक्षण पश्चात रु.२४ करोड ६८ लाख ७३ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु ३३ करोड ८३ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
उपमहानगरपालिकाले अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता वितरण गरेको ४३ करोड ९९ लाख ६५ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको १५ लाख ४३ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमको ४ लाख १५ हजार र राष्ट्रपति महिला कार्यक्रमको ३६ हजार समेत गरी ४४ करोड १९ लाख ५९ हजार रुपैयाँ एकीकृत वार्षिक प्रतिवेदनमा समावेश गरेको छैन ।
बुटवलमा नेपाली कांग्रेसबाट निर्वाचित खेलराज पाण्डेय नगर प्रमुख छन् । उनले आफूनिकट दर्जनौं संघ–संस्थालाई हरेक वर्ष एउटै प्रकृतिका कार्यक्रममा मेयरको पद जोडेर कार्यक्रम बनाउन लगाई बजेट बाँड्ने गरेको आरोप छ ।
तिलोत्तमाको बेरुजु ६ करोड ७ लाख
तिलोत्तमा नगरपालिकाको ४ अर्ब ४५ करोड ४४ लाख ७४ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ६ करोड ७ लाख ७३ हजार बेरुजु देखिएको छ । सो बेरुजुमध्ये ७२ लाख १५ हजारको प्रतिक्रिया प्राप्त भएको थियो ।
सो उपर कारबाही भई बाँकी बेरुजु रु.५ करोड ३५ लाख ५८ हजारमध्ये असुल गर्नुपर्ने रू. १ करोड १ लाख ७५ हजार रुपैयाँ छ । यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने ८२ लाख २४ हजार, नियमित गर्नुपर्ने रू. ३ करोड ३९ लाख ४९ हजार र पेश्की बाँकी रु.१२ लाख १० हजार रहेको महालेखाले जनाएको छ ।
नगरपालिकाको गत वर्षसम्मको बेरुजु रु.३१ करोड ६३ लाख ११ हजार मध्ये रु. ३ करोड ८१ लाख १४ हजार सम्परीक्षण पश्चात रु. २७ करोड ८१ लाख ९७ हजार बेरुजु बाँकी थियो । त्यसमध्ये यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.३३ करोड १७ लाख ५५ हजार पुगेको छ ।
तिलोत्तमा नगरपालिकाले विभिन्न शीर्षकमा रु.५० करोड ५७ लाख ९५ हजार रुपैयाँको खर्च विवरण खुलाउन सकेको छैन । तिलोत्तमाले अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमको रु ४३ करोड ७९ लाख ९३ हजार, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (विशेष कार्यक्रमसमेत) रु. ३ लाख ५ हजार, पर्यटन पूर्वाधार विकास कार्यक्रमको रु. ६४ लाख १९ हजार, एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमको रु. १ करोड ६३ लाख ६२ हजार, राष्ट्रपति महिला सशक्तीकरण परियोजनाको रु. १ करोड ८७ लाख ५१ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमको रु.३ लाख ७५ हजार र स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु.२ करोड ५५ लाख ९० हजारको खर्च देखाउन नसकेको हो ।
सिद्धार्थनगरको बेरुजु ६ करोड ८९ लाख
यसैगरी सिद्धार्थनगर नगरपालिकाको रु.२ अर्व २ करोड ८ लाख ९१ हजार लेखापरीक्षण गरिएकोमा रू. ६ करोड ८९ लाख २३ हजार बेरुजु देखिएको छ ।
बेरुजुमध्ये रु. ५ लाख ६७ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.३ करोड ६६ लाख २८ हजार रुपैयाँ छ । यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने रू. ५२ लाख ४६ हजार, नियमित गर्नुपर्ने रु.२ करोड ६२ लाख २ हजार र पेश्की बाँकी रु.२ लाख ८० हजार रहेको छ ।
गत वर्षसम्म सम्परीक्षण पश्चात रु.८३ करोड १० लाख ८६ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. ८९ करोड ९४ लाख ४२ हजार पुगेको छ ।
सिद्धार्थनगरले पनि अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता वितरण रु. २० करोड ४१ लाख ६१ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम रु.७० लाख ४५ हजार र स्थानीय तह प्रशासकीय भवन रु. १० लाख समेत गरी रु. २१ करोड २२ लाख ६ हजार रुपैयाँ एकीकृत वार्षिक प्रतिवेदनमा समावेश गरेको छैन ।
लुम्बिनी सांस्कृतिकमा रू. ५ करोड ८५ लाख बेरुजु
लुम्बिनी सांस्कृतिक नगरपालिका नगरपालिकाको रु. २ अर्ब ५ करोड ५८ लाख ८० हजारको लेखापरीक्षण गरिएकोमा रू. ५ करोड ८५ लाख ८८ हजार बेरुजु देखिएको छ । बेरुजुमध्ये रु. ७ लाख ७१ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु. ५ करोड ७८ लाख १७ हजार मध्ये असुल गर्नुपर्ने रु.१० लाख ४८ हजार देखिएको छ । यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने रू. ९१ लाख ६६ हजार, नियमित गर्नुपर्ने रु. ४ करोड ६६ लाख ६६ हजार र पेश्की बांकी रु. ९ लाख ३७ हजार रहेको छ ।
नगरपालिकाको गत वर्षसम्म सम्परीक्षण पश्चात रु.२६ करोड २३ लाख १८ हजार बेरुजु बाँकी रहेकोमा यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.३२ करोड १ लाख ३५ हजार रहेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि अन्तरसरकारी वित्तीय विवरण हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. २७ करोड २३ लाख २८ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. २२ लाख ८५ हजार र पर्यटन पूर्वाधार विकास आयोजनाको रु.४४ लाख ३२ हजार समेत रु.२७ करोड ९० लाख ४५ हजार रुपैयाँ सूत्रमा समावेश गरेको छैन ।
देवदहको बेरुजु ४ करोड १३ लाख
देवदह नगरपालिकाको रु. १ अर्ब ८९ करोड ९८ लाख २० हजारको लेखापरीक्षण गरिएकोमा रू. ४ करोड १३ लाख ६४ हजार बेरुजु देखिएको छ । सो बेरुजुमध्ये रु. ३५ लाख ३१ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु. ३ करोड ७८ लाख ३३ हजारमध्ये असुल गर्नुपर्ने रू. ४ लाख ३२ हजार रुपैयाँ छ ।
यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने रू. ८९ लाख १३ हजार, नियमित गर्नुपर्ने रु. २ करोड ५२ लाख ८८ हजार र पेश्की बाँकी बेरुजु रु.३२ लाख रहेको छ ।
नगरपालिकाको गत वर्षसम्मको बेरुजु रु.२० करोड ५४ लाख ३३ हजार मध्ये रु. १ करोड ७३ लाख ८१ हजार फर्छ्यौट भई रु. १८ करोड ८० लाख ५२ हजार बेरुजु बाँकी रहेकोमा यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.२२ करोड ५८ लाख ८५ हजार र पेश्की बाँकी रकम रु. ३२ लाख रहेको छ ।
देवदहले पनि अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. २४ करोड १९ लाख ९४ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम संघको रु. ८९ लाख ५८ हजार र स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम प्रदेशको रु. ३ लाख १४ हजार समेत रु.२५ करोड ११ लाख ६६ हजार सूत्रमा समावेश गरेको छैन ।
सैनामैनाको बेरुजु एक करोड ६७ लाख
सैनामैना नगरपालिकाको रु. २ अर्ब २ करोड ६७ लाख ५१ हजार लेखापरीक्षण गरिएकोमा रू. १ करोड ६७ लाख १ हजार बेरुजु देखिएको छ ।
सो बेरुजुमध्ये रु. ६० लाख ५० हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ३६ लाख ९ हजार छ । यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने रू.८ लाख २७ हजार, नियमित गर्नुपर्ने रु.६२ लाख १५ हजार रहेको छ ।
गत वर्षसम्म सम्परीक्षण पश्चात रु. ७ करोड ३५ लाख ८८ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. ८ करोड ४२ लाख ३९ हजार रहेको छ ।
सैनामैनाले पनि अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता वितरण रु. २७ करोड ५७ लाख ५४ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम रु.५९ लाख २९ हजार, पर्यटन पूर्वाधार रु. २१ लाख ३४ हजार र एकीकृत स्वास्थ्य पूर्वाधारको रु. २ करोड ९ लाख ९० हजार समेत गरी रु. ३० करोड ४८ लाख ६ हजार एकीकृत वार्षिक प्रतिवेदनमा समावेश गरेको छैन ।
रोहिणी गाउँपालिकामा रू. ७ करोड ८९ हजार रुपैयाँ बेरुजु
रुपन्देहीका गाउँपालिकातर्फ सबैभन्दा बढी बेरुजु रोहिणी गाउँपालिकाको छ । रोहिणी गाउँपालिकाको रु. १ अर्व २० करोड १६ लाख ४८ हजार लेखापरीक्षण गरिएकोमा रू. ७ करोड ८९ लाख ६२ हजार बेरुजु देखिएको छ । सो बेरुजुमध्ये पालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.२८ लाख २३ हजार छ ।
यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने रू. ८५ लाख १० हजार, नियमित गर्नुपर्ने रु.६ करोड २६ लाख ८९ हजार र पेश्की बाँकी रु.४९ करोड ४० लाख हजार रहेको छ ।
गत वर्षसम्म रु.१७ करोड ६७ लाख ९७ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.२५ करोड ५५ लाख ५२ हजार रहेको छ ।
रोहिणीले अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता वितरण रु.१४ करोड २९ लाख ४२ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम रु.१५ लाख १० हजार र शिक्षा विज्ञान प्रविधि मन्त्रालयको रु.३ लाख ३ हजार समेत गरी रु.१४ करोड ४७ लाख ५५ हजार एकीकृत वार्षिक प्रतिवेदनमा समावेश गरेको छैन ।
कोटहीमाईको बेरुजु रू. ५ करोड १९ लाख
कोटहीमाई गाउँपालिकाको रु. १ अर्ब ८ करोड ११ लाख ८१ हजारको लेखापरीक्षण गरिएकोमा रू. ५ करोड १९ लाख ७८ हजार बेरुजु देखिएको छ । बेरुजुमध्ये रु.१२ लाख ९१ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु. ५ करोड ६ लाख ८७ हजारमध्ये असुल गर्नुपर्ने रू. १४ लाख ८३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ३० लाख २ हजार, नियमित गर्नुपर्ने रु. ३ करोड ६ लाख २ हजार र पेश्की बाँकी रु.१ करोड ५६ लाख रहेको छ ।
गाउँपालिकाको गत वर्षसम्मको बाँकी बेरुजु रु. २२ करोड ५५ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा यस वर्षको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजु रु. २७ करोड ६२ लाख ११ हजार रहेको छ ।
कोटहीमाई गाउँपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत वित्तीय विवरण (म. ले. प. फा. न. २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. १४ करोड ३३ लाख २३ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. ९ लाख ३० हजार र गरिवसँग विश्वेश्वर कार्यक्रमको रु. ६ लाख ३९ हजार समेत गरी रु. १४ करोड ४८ लाख ९२ हजार स्थानीय सन्चित कोष व्यवस्थापन प्रणालीमा समावेश गरेको छैन ।
गैडहवाको बेरुजु ४ करोड ८२ लाख
गैडहवा गाउँपालिकाकोे रु. १ अर्ब ६१ करोड ३३ लाख ४८ हजार लेखापरीक्षण गरिएकोमा रू. ४ करोड ८२ लाख ५ हजार बेरुजु देखिएको छ । बेरुजुमध्ये रु. १ करोड ९ लाख ४८ हजारको प्रतिक्रिया उपर कारबाही भई बाँकी बेरुजु रु. ३ करोड ७२ लाख ५७ रहेको देखिएको थियो । त्यसमध्ये असुल गर्नुपर्ने रू. ३८ लाख ९६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ५९ लाख ८८ हजार, नियमित गर्नुपर्ने रु. २ करोड ५७ लाख २९ हजार र पेश्की बाँकी रु.१६ लाख ४४ हजार रहेको छ ।
गत वर्षसम्मको बेरुजु रु. १६ करोड १० लाख ५७ हजारमध्ये रु.२ करोड ५८ लाख २० हजार फस्र्यौट भई रु.१३ करोड ५२ लाख ३७ हजार रहेकोमा यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.१७ करोड २४ लाख ९४ हजार रहेको छ ।
गैडहवा गाउँपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत वित्तीय विवरण (म.ले.प.फा.नं २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त पालिकाले सामाजिक सुरक्षा तथा संरक्षणको रु. १७ करोड १२ लाख १ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. ४५ लाख ८० हजार, एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमको रु. १० करोड १९ लाख ८५ हजार र स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रमको रु. ३० लाख समेत गरी रु. २८ करोड ७ लाख ६६ हजार सूत्रमा लेखांकन गरेको छैन ।
सम्मरीमाईको बेरुजु ३ करोड ९६ लाख
सम्मरीमाई गाउँपालिकाको रु. १ अर्व १२ करोड ४२ लाख ४९ हजार लेखापरीक्षण गरिएकोमा रू. ३ करोड ९६ लाख १४ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा रु. १ लाख ८९ हजारको प्रतिक्रिया उपर कारबाही भई बाँकी बेरुजु रु.३ करोड ९४ लाख २५ हजार रहेकोमा असुल गर्नुपर्ने रू. ७ लाख ४८ हजार रुपैयाँ छ ।
यसैगरी प्रमाण कागजात पेस गर्नुपर्ने रू. ८ लाख ३५ हजार, नियमित गर्नुपर्ने रु. ३ करोड ७८ लाख ४२ हजार रहेको छ । गाउँपालिकाको गत वर्ष सम्मको बेरुजु रु. २२ करोड ४२ लाख ९५ हजार बाँकी रहेकोमा यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.२६ करोड ३७ लाख २० हजार रहेको छ ।
गाउँपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत वित्तीय विवरण (म.ले.प.फा.नं २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त गाउँपालिकाले सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमको रु. १४ करोड ३३ लाख १९ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु ६ लाख ७० हजार समेत गरी रु. १४ करोड ५६ लाख ९१ हजार सूत्रमा समावेश गरेको छैन ।
सियारीको बेरुजु २ करोड ८३ लाख
सियारी गाउँपालिको रु. १ अर्ब ५१ करोड ७० लाख ३ हजारको लेखापरीक्षण गरिएकोमा रू. २ करोड ८३ लाख ९१ हजार बेरुजु देखिएको छ ।
सो बेरुजुमध्ये रु.२२ लाख ९० हजारको प्रतिक्रिया उपर कारबाही भई बाँकी बेरुजु रु.२ करोड ६१ लाख १ हजार रहेको थियो । सोमध्ये असुल गर्नुपर्ने रू. २७ लाख ४१ हजार रुपैयाँ, प्रमाण कागजात पेस गर्नुपर्ने रू.४० लाख ९८ हजार, नियमित गर्नुपर्ने रु. १ करोड ९१ लाख ६२ हजार र पेश्की बाँकी रु. १ लाख रहेको छ ।
गत वर्षसम्मको बेरुजु रु.१३ करोड ३१ लाख ६१ हजारमध्ये रु. १३ लाख ९० हजार फस्र्यौट भई सम्परीक्षण पश्चात बाँकी बेरुजु रु.१३ करोड १७ लाख ७१ हजार रहेको थियो । यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.१५ करोड ७८ लाख ७२ हजार पुगेको छ ।
सियारीले पनि अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त सामाजिक सुरक्षा तथा संरक्षणको रु. १५ करोड १३ लाख ८२ हजार र स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. ३८ लाख ३० हजार समेत गरी रु. १५ करोड ५२ लाख १२ हजार सूत्रमा लेखांकन गरेको छैन ।
मायादेवीको बेरुजु २ करोड ७८ लाख
मायादेवी गाउँपालिकाको रु. १ अर्व २६ करोड ६४ लाख ११ हजार लेखापरीक्षण गरिएकोमा रू. २ करोड ७८ लाख ९८ हजार बेरुजु देखिएको छ । सोमध्ये पालिकाबाट कुनै प्रतिक्रिया प्राप्त नभएकाले बाँकी बेरुजु असुल गर्नुपर्ने रू.४ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड २८ लाख २४ हजार, नियमित गर्नुपर्ने रु. १ करोड ४४ लाख ३७ हजार र पेश्की बाँकी रु. १ लाख ९० हजार रहेको छ ।
गत वर्षसम्म सम्परीक्षण पश्चात १९ करोड ३ लाख ७० हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.२१ करोड ८२ लाख ६८ हजार रहेको छ ।
मायादेवीले पेश गरेको प्राप्ती र भुक्तानीको एकिकृत वार्षिक प्रतिवेदन (म.ले.प. फा. नं. २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता वितरण रु. १५ करोड ६९ लाख २ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम रु.११ लाख ६० हजार र एकीकृत स्वास्थ्य पुर्वाधार रु. ३ करोड १९ लाख २६ हजार समेत गरी रु.१८ करोड ९९ लाख ८८ हजार एकीकृत वार्षिक प्रतिवेदनमा समावेश गरेको छैन ।
मर्चवारीको बेरुजु २ करोड ४५ लाख
मर्चवारी गाउँपालिकाको रु. १ अर्ब ३ करोड ५ लाख ८ हजारको लेखापरीक्षण गरिएकोमा रू. २ करोड ४५ लाख ६० हजार बेरुजु देखिएको छ । सोमध्ये रु.४६ हजारको प्रतिक्रिया उपर कारबाही भई बाँकी बेरुजु रु. २ करोड ४५ लाख १४ हजार रहेको थियो । त्यसमध्ये असुल गर्नुपर्ने रू. १२ लाख ८३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १२ लाख ४० हजार, नियमित गर्नुपर्ने रु.२ करोड ८ लाख ४१ हजार र पेश्की बाँकी रु.११ लाख ५० हजार रहेको छ ।
पालिकाको गत वर्षसम्म रु.२९ करोड ७१ लाख ५६ हजार बेरुजु बाँकी रहेकोमा यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.३२ करोड १६ लाख ७० हजार रहेको छ ।
मर्चवारीले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत वित्तीय विवरण (म.ले.प.फा.नं २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त सामाजिक सुरक्षा तथा संरक्षणको रु. १३ करोड ७१ लाख ९१ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. १ लाख ८० हजार समेत गरी रु. १३ करोड ७३ लाख ७१ हजार खर्च स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा समावेश गरेको छैन ।
ओमसतियाको बेरुजु २ करोड ४५ लाख
ओमसतिया गाउँपालिकाको रु.१ अर्ब ८ करोड ५२ लाख ८५ हजार लेखापरीक्षण गरिएकोमा रू. २ करोड ४५ लाख १८ हजार बेरुजु देखिएको छ ।
सो बेरुजुमध्ये पालिकाको कुनै प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. २८ लाख ३९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.७४ लाख ३६ हजार, नियमित गर्नुपर्ने रु.१ करोड ३४ लाख ५ हजार र पेश्की बाँकी रु.८ लाख ३८ हजार छ ।
गत वर्षसम्म सम्परीक्षण पश्चात रु.५ करोड ६२ लाख ७७ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. ८ करोड ७ लाख ९५ हजार रहेको छ ।
ओमसतियाले पेश गरेको प्राप्ती र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन (म.ले.प. फा. नं. २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा भत्ता वितरण रु. १२ करोड २५ लाख ५१ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम रु.२५ लाख ३० हजार र गरिबसँग विश्वेश्वर कार्यक्रमको रु. २ लाख ४५ हजार समेत गरी रु. १२ करोड ५३ लाख २६ हजार एकीकृत वार्षिक प्रतिवेदनमा समावेश गरेको छैन ।
शुद्धोधन गाउँपालिकाको बेरुजु २ करोड ४३ लाख
शुद्धोधन गाउँपालिकाको रु. १ अर्ब २७ करोड ८२ लाख ७४ हजारको लेखापरीक्षण गरिएकोमा रू. २ करोड ४३ लाख २० हजार बेरुजु देखिएको छ । त्यसमध्ये रु. ३८ लाख ६२ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु.२ करोड ४ लाख ५८ हजार छ । सोमध्ये असुल गर्नुपर्ने रु.१६ लाख ४८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १९ लाख ७१ हजार, नियमित गर्नुपर्ने रु. १ करोड ४९ लाख ३९ हजार र पेश्की बाँकी रु.१९ लाख रहेको छ ।
गाउँपालिकाको गत वर्षसम्मको बाँकी रु. १३ करोड ९३ लाख बेरुजुमध्ये रु. ३ करोड ६६ लाख २ हजार सम्परीक्षण भई रु.१० करोड २६ लाख ९८ हजार बेरुजु बाँकी रहेकोमा यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.१२ करोड ३१ लाख ५६ हजार रहेको छ ।
शुद्धोधनले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत वित्तीय विवरण (म.ले.प. फा. नं. २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. १२ करोड ६४ लाख १७ हजार, सामाजिक विकास कार्यक्रमको रु. ३ लाख ७५ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. ५२ लाख ३६ हजार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु. २ लाख ९८ हजार समेत रु. १३ करोड २३ लाख २६ हजार सूत्रमा समावेश गरेको छैन ।
कञ्चन गाउँपालिकाको बेरुजु १ करोड १६ लाख
कञ्चन गाउँपालिकाको रु. १ अर्ब २७ करोड ८२ लाख २७ हजारको लेखापरीक्षण गरिएकोमा रू. १ करोड १६ लाख ८८ हजार बेरुजु देखिएको छ । त्यसमध्ये रु. २० लाख ७९ हजारको मात्र प्रतिक्रिया प्राप्त भएको थियो । त्यसउपर कारबाही भई बाँकी रहेको बेरुजु रू. ९६ लाख ८ हजारमध्ये असुल गर्नुपर्ने रु. ३ लाख २७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १३ लाख १६ हजार, नियमित गर्नुपर्ने रु. ७९ लाख ६५ हजार रहेको छ ।
गाउँपालिकाको गत वर्षसम्मको बेरुजु रु.११ करोड ७१ लाख ६९ हजार रहेकोमा रु. ३ करोड १६ लाख २२ हजार फस्र्यौट भई सम्परीक्षण पश्चात रु.८ करोड ५५ लाख ४७ हजार बेरुजु बाँकी रहेको र यस वर्षको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.९ करोड ५१ लाख ५५ हजार रहेको छ ।
कञ्चन गाउँपालिकाले पेश गरेको प्राप्ति र भुक्तानीको एकीकृत वित्तीय विवरण (म. ले. प. फा. नं. २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु. १६ करोड ५० लाख १४ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु. ३७ लाख समेत रु.१६ करोड ८७ लाख १४ हजार सूत्रमा लेखांकन गरेको छैन ।
प्रतिक्रिया 4