+
+
Shares

रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता

रवि लामिछानेलाई थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै रास्वपा कार्यकर्ताहरू जिल्ला कारागार अगाडि पुगेका हुन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ जेठ ९ गते १८:१३

९ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर आदेश आउन केहीबेर बाँकी हुँदा उता रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू भेला हुन थालेका छन् ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ ।

थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै रास्वपा कार्यकर्ताहरू जिल्ला कारागार अगाडि पुगेका हुन् ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?