+
+
स्थानीय तह निर्वाचन २०७९ :

धनुषामा मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १३:२७

८ जेठ, जनकपुरधाम । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् ।

नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार सुखदेव यादवले पराजित गरेका छन् ।

यादवले सात हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रस्पर्धी पजियार सात हजार ३०० मत ल्याएका छन् । पजियार निबर्तमान मेयर पनि हुन् ।

सबैला नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा रहे । यहाँ नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

एमालेका जिल्ला अध्यक्ष राजकिशोर तीन हजार ५८१ म्तसहित तेस्रो स्थानमा आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतअन्तरले पराजित भएका हुन् । निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनी तेस्रो नम्बरमा आएका छन् ।

धनुषाधाममा कांग्रेसबाट बालेश्‍वर मण्‍डल दोस्रो पटक चार हजार ७१८ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका योगकुमार यादवले चार हजार १७९ मत प्राप्त गरेका छन् । यादव भने तीन हजार २५९ मत ल्याएर तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?