+
+

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते २३:४२

काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी च्याम्पियन बनेको हो ।

लिभरपुलले वल्भ्समाथि ३-१ को जित निकालेपनि सिटीलाई भेट्न सकेन । ३८ खेलबाट सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो ।

घरेलु मैदान एतिहाड स्टेडियममा इल्के गुन्डागोनले दुई गोल गरेपछि सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लामाथि शानदार जित हासिल गरेको हो । सिटीका लागि अर्को एक गोल रोड्रीले गरे । एस्टन भिल्लाका लागि माटी कास र फिलिप कुटिन्होले एक एक गोल गरे । सिटीले पछिल्लो पाँच सिजनमा चौथो पटक लिग उपाधि जितेको हो ।

यस्तै लिभरपुलका लागि साडियो माने, मोहम्मद सलाह र एन्डी रोबर्टसनले एक एक गोल गरे । वल्भ्सका लागि पेड्रो नेटोले सुरुवाती गोल गरेका थिए ।

लिगकै अन्य खेलमा वाटफोर्डलाई २-१ ले हराउँदै चेल्सी तेस्रो भयो । चेल्सीले ७४ अंक जोड्यो । यस्तै च्याम्पियन लिग होडमा रहेका दुई लण्डन क्लब आर्सनल र टोटनहमले फराकिलो जित निकाले ।

टोटनहम चौथो हुँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन सफल भयो । टोटनहमले नर्विचलाई ५-० ले हराउँदै ७१ अंक जोडेर चौथो भयो ।

एभर्टनलाई ५-१ ले हराएपनि ६९ अंक जोडेको आर्सनल पाँचौ भयो । आर्सनल र छैटौं भएको म्यानचेष्टर युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?