+
+

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट पुग्दैन :  सुरेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:०६

१० जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न जटिल भएको टिप्पणी गरेका छन् ।

संसद भवनबाहिर संवाददाताहरुसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न  नसकिने दाबी गरे ।

‘कतिपय कुरामा पुरानाको निरन्तरता छ,’ उलने भने, ‘यसमा गर्न सकिने र नसकिने जम्मै कुरा हालिएको छ । यो कुरा बजेटले सुनिश्चित नगरेसम्म कार्यान्वयनको कुनै टुंगो छैन । यसले राखेको लक्ष्यलाई पैसामा जोड गरेर हाल्यो भने यसले २५ खर्ब माग गर्छ । हाम्रो कोषमा पाँच खर्ब पनि पैसा छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?