+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

महिन्द्राको ‘एसपी प्लस’ ट्याक्टर नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १९:५९

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नयाँ ‘एसपी प्लस’ ट्याक्टर श्रृङ्खला नेपाली बजारमा ल्याएको छ ।

नेपाली बजारमा सार्वजनिक यी ट्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू रहेको कम्पनीले बताएको छ । ट्याक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नयाँ महिन्द्रा एसपी प्लस ट्याक्टरहरु ७, ८ र ९ जेठमा क्रमशः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो ।

शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्याक्टर यसै हप्तासम्ममा वीरगञ्ज, चितवन र नेपालगञ्जमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले नयाँ एसपी प्लस श्रृङ्खलाले  किसानहरूको कमाइको क्षमता बढाउने बताए ।

शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पुर्‍याउन नयाँ एसपी प्लस श्रृङ्खलाले सक्षम बनाउने बताए । नयाँ ट्याक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा फरक पार्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?