+
+

नेपालोनाले जित्यो बुद्व जयन्ती कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते ६:४१

बार्सिलोना। एभरेष्ट एनआरएनए म्याड्रिडलाई टाईब्रेकरमा २-० गोल अन्तरले पराजित गर्दै नेपालोनाले (बी) बुद्व जयन्ती कपको उपाधि जितेको छ।

आइतबार स्पेनको बार्सिलोनामा आयोजित फुटबलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको हो।

तमु समाज बार्सिलोनाले बुद्व जयन्तीको अवसरमा आयोजना गरेको सेभेन एसाईड कप फुटबल प्रतियोगितामा १० टोली सहभागी बनेका थिए।

उपाधि विजेता नेपालोनाले (बी) ७०१ युरो नगदसहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता म्याड्रिडले ४०१  युरो जितेको छ।  कोष्टाब्याङ्का एफसी र बार्सिलोनाको रोयल राईडर टिमले  सेमीफाइनल सम्मको यात्रा तय गर्न सफल बने ।

पोर्चुगलबाट सहभागी टिम नेपजुम एफसी, तमु समाज ए, तमुसमाज बी, ओंएनएफ स्पेन, बाग्लुंग समाज स्पेन र नेपालोना ए टिम प्रतिस्पर्धामा उत्रिएका थिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी आभास लामिछाने र उकृष्ट गोलकिपरको उपाधि सागर श्रेष्ठ भोटेले जितेका छन्। यी दुवै खेलाडी उपविजेता बनेको टोलि एभरेष्ट एनआरएनए म्याड्रिडका खेलाडीहरू हुन्। यस्तै रोयल राइडरका प्रशान्त पाण्डेले सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन् ।

फाइनल खेलको क्रममा एभरेष्ट एनआरएनए म्याड्रिड र नेपालोना (बी) का खेलाडीबीच झडपको अवस्था देखिएपछि केहिबेर खेल रोक्किएको थियो। स्पेनिस रेफ्रीहरु फर्नान्डो र आल्भारोले अवस्थालाई सामान्य पार्दै खेल सुरु गरेका थिए।

तमु समाज बार्सिलोनाका अध्यक्ष गौतम गुरुङले प्रतियोगता सफल भएकोमा स्पेनबासी नेपाली समुदायप्रति आभार प्रकट गरेका छन्। ‘पोर्चुगलदेखि प्रतियोगितामा सहभागी हुनु र बार्सिलोना बाहिरका सहरबाट पनि प्रतिनिधित्व हुनुले हामी सबैलाई गर्व लागेको छ’ उनले भने, ‘नेपाली खानादेखि सांस्कृतिक प्रस्तुतिले फुटबल खेल मार्फत नेपाली कला र संस्कृतिको प्रवद्वन गर्न पनि सहयोग मिलेको छ भन्ने विश्वास लिएका छौ।’

राति अबेरसम्म खेल जारी रहँदा पनि नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?