+
+

काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते ११:४४

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् ।

त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर बिसर्जन गरिंदै आएको छ ।

धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।

शहरी विकास मनत्रालयका एक अधिकारीहरुका अनुसार मुड्खु, सिसडोल र बन्चरेडाँडासहित विभिन्न ठाउँमा फोहोर फाल्न गाएका गाडी सडकमै रोकिएका छन् । काठमाडौंमा बिहीबार काठमाडौं महानगरपालिकाको मत परिणाम घोषणा भएकाले पर्याप्त संख्यामा प्रहरी बल साइटमा लगिएको छैन । त्यसैकारण अवरोध हटाउन समस्या परेको मन्त्रालय स्रोतले बतायो ।

स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थानीबासीको जायज मागहरुको सम्बोधन गरिने बताउादै आएकी छिन् । त्यसका लागि विगतदेखि नै प्रयत्न भइरहेको भन्दै उनले नाजायज माग राखेर फोहोरमाथि राजनीति नगर्न आग्रह गरेपनि फोहोर लैजान अवरोध कायम छ ।

मंगलबार विहानदेखि बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल-१ मा फोहोर बिसर्जन भइरहेको छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ-जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयबासीले फोहोरका गाडी फेरि रोक्न सक्ने अवस्था रहेकाले दीर्घकालीन रुपमै स्थानीयको माग सम्बोधन गरेर समाधान निकाल्नुपर्ने पक्षमा महानगरपालिका छ । स्थानीयबासी भने सडकको अवस्था समेत सुधार नगरी फोहोर फाल्न सुरु गर्नु अन्यापूर्ण भएको तर्क गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?