+
+

बीटीएस ब्यान्डले बाइडेनलाई भेटेर एसियालीमाथिको आक्रमण रोक्न दबाब दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते ११:४४

काठमाडौं । ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् ।

उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ । कोभिड-१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन् ।

उनले सन् २०२१ मा एक कानुन ल्याउँदै एसियालीमाथिको आक्रमणका घटनालाई रोक्न, अनुसन्धान गर्नेतर्फ अघि बढ्ने बताएका थिए । पछिल्लो समय प्रबल गुरुङसहितका एसियाली फेसन डिजाइनरले समेत बाइडेन प्रशासनमाथि दबाब बढाएका छन् ।

सन् २०२१ मा बीटीएसले एसियाली समुदायविरुद्धका घृणाप्रेरित आक्रमण रोक्न भन्दै विज्ञप्ति जारी गरेको थियो । दक्षिण कोरियाले यसैवर्ष राष्ट्रसंघीय महासभामा पनि बीटीएसलाई विशेष सद्भावना दूतको रुपमा पठाएको थियो ।

बीटीएस ब्यान्डलाई दक्षिण कोरियाको ‘सफ्ट पावर’ समेत मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?