
१४ जेठ, काठमाडौं । नाइजेरियाको एउटा चर्चमा भागदौड हुँदा किचिएर ३१ जनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएका छन् ।
नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्ट हार्कोट शहरमा रहेको चर्चमा खाना लिन पुगेकाहरुको ढोका फोरेर एकै पटक भित्र छिरेपछि किचिएका थिए ।
‘मानिसहरु त्यहाँ बिहानैदेखि भेला भएका थिए, उनीहरु यति हतारिए कि, उनीहरु भित्र छिर्न दौडिए, त्यसपछि घटना भयो,’ प्रहरी प्रवक्ता ग्रेस इरिङ कोकोले भने ।
उनको अनुसार घटना बारे प्रहरीले अनुसन्धान थालेको छ । नाइजेरियाका सञ्चार माध्यमले निशुल्क पाइने खानाका लागि चर्चमा शुक्रबारदेखि नै मानिसहरु भेला भएका जनाएका छन् ।
– एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4