+
+

२४ हजारले पाए पुनर्कर्जा सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते २२:०४

१४ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १ खर्ब ६ अर्ब ११ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ । २४ हजार २ सय ६८ ऋणीले यस्तो पुनर्कर्जा सुविधा पाएका हुन् ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार २०७८ फागुन मसान्तसम्म १ खर्ब ३४ अर्ब ११ करोड पुनर्कर्जा लगानीमा छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म १ लाख ४४ हजार ६२० क्रणीलाई २ खर्ब १५ अर्ब ७६ करोड कर्जा सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी, धितोसहितको र महिला उद्यमशीलतातर्फको कर्जा उल्लेख्य रूपमा बढेको छ ।

२०७८ फागुन मसान्तसम्म प्रवाहित सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ १ खर्ब ३७ अर्ब ७९ करोड कर्जा लगानीमा छ ।

कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला, उच्चम क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोगका लागि कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा २०७६ फागुन मसान्तसम्म १ अर्ब १० करोड रुपैयाँ स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?