+
+

तारा एयरले भन्यो- सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १४:१४
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?