+
+

त्रियुगाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ८:५१

१६ जेठ, उदयपुर । त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का भएको छ ।

३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् ।दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२ मत छ । राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । जबकि गणना हुँन बाँकी १८०५ मात्रै छ ।

यस्तै, तेस्रोमा रहेका नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीको ८, ८९९ मतमात्रै छ ।

उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन् ।

अहिले वडानम्बर १० र ११ को गणना जारी छ ।

(यसअघि फोटो फरक पर्न गएकाले सच्चाइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?