+
+

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न : कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट घटाउनुभएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १४:५५

१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो भनी अर्थमन्त्री जनार्दश शर्मालाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्ष बजेटका विषयमा अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरुले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा कम बजेट दिने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिरे गरे ।

‘आज उहाँ स्वयंले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नुभएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नु भएको हो त ?’ भट्टराईले सोधे ।

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढ्ने अवस्था नरहेको पनि पटक पटक दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?