+
+
Shares

रुपन्देहीका पहाडीलाई समाजसेवा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १६:१८

१७ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अधिकारकर्मी विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ प्रदान गर्ने भएको छ ।

२०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पहाडीलाई १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पुरस्कृत गरिने समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए ।

संविधानसभा सदस्य समेत रहेका पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भएका थिए ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न पहाडीले नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?