+
+

मन परेको मान्छेलाई आफ्नो भावना कसरी व्यक्त गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १७:२९

मान्छेको स्वभाव भिन्नभिन्न हुन्छ । यही स्वभावका आधारमा उनीहरुको बानी-व्यवहार भर पर्छ । कसैले आफूलाई लागेको कुरा निर्धक्कसँग व्यक्त गर्न सक्छन् भने कसैले मनको कुरा भन्नै सक्दैनन् ।

धेरैले आफूलाई लागेको कुरा व्यक्त गर्ने भए पनि प्रेमको मामिलामा भने आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन् ।

तपाईं पनि कसैलाई आफ्ना भावना र अन्तर्मनको कुरा भन्न खोज्नुहुन्छ, तर सकिरहनुभएको छैन भने आफ्नो मनको कुरा यसरी व्यक्त गर्नुहोस् ।

साथी बन्न पहल गर्ने

यदि तपाईं कसैलाई मनको कुरा भन्न चाहनुहुन्छ भने सबैभन्दा पहिला उसलाई साथी बनाउन पहल गर्नुपर्छ ।  साथीसँग मनको कुरा खुलेर व्यक्त गर्न सकिने भएकाले साथी बनाउनु राम्रो हुन्छ ।

सम्बन्ध गहिरो बन्दै गएपछि उसलाई मनको कुरा भन्न सकिन्छ । धेरैले सम्बन्ध गहिरो बन्दै गएपछि कुनै कुरा व्यक्त नगरी पनि बुझ्न सक्छन् । तपाईंले के भन्न चाहनुभएको छ ? के सोचिरहनु भएको छ ? र के महसुस गर्नुहुन्छ ? भनेर धेरैले नभनेरै चाल पाइसकेका हुन्छन् ।

कफी डेटमा जाने

यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उसलाई कफी डेटका लागि प्रस्ताव गर्न सक्नु हुन्छ । मन परेको मान्छेलाई आफूप्रति आकर्षित गर्न कफीमा मुटुको आकृति बनाउन सकिन्छ । यसो गर्दा उसले तपाईंको भावना सजिलै बुझ्छ । यसका अलावा कुनै सरप्राइज पनि दिन सकिन्छ । जसकारण उसले तपाईंको भावना बुझ्न सहज होस् ।

ग्रिटिङ कार्ड दिनु

ग्रिटिङ कार्डको माध्यमबाट आफ्ना भावना व्यक्त गरेर पनि तपाईं आफ्नो मनको कुरा भन्न सक्नुहुन्छ । तपाईं कसैलाई मन पराउनुहुन्छ र मनको कुरा भन्न डराइरहनु भएको छ भने ग्रिटिङ कार्ड दिएर भावना व्यक्त गर्नु उपयुक्त हुन्छ ।

मन परेको मान्छेसामु भावना व्यक्त गर्न र उसबारे आफ्नो सोच बताउन पर्व, उत्सव तथा जन्मदिनजस्ता अवसरमा ग्रिटिङ कार्ड दिन सकिन्छ । ग्रिटिङकार्डसँग चक्लेट पनि दिन सकिन्छ । यस्तो गर्दा उसलाई तपाईंको मनोभाव बुझ्न सहज हुन्छ ।

मन पर्ने नपर्ने कुराको ख्याल गर्ने

यदि कसैलाई मन पराउनु भएको छ भने उसलाई मन पर्ने–नपर्ने कुराहरुमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । कसैलाई प्रभावित पार्नु छ भने उसलाई मन पर्ने कुराका बारेमा ख्याल गरे तपाईंप्रति उसको विश्वास बढ्न जान्छ ।

तपाईंले चाहेको मान्छेलाई के गर्न मन पर्छ के गर्न पर्दैन ? कस्तो खानेकुरा मन पर्छ कस्तो मन पर्दैन ? ऊ केलाई प्राथमिकता दिन्छ ? जस्ता कुरामा ध्यान दिए उसले तपाईंको भावना बुझ्न सक्छ । यसले सम्बन्धलाई प्रगाढ बनाउनुका साथै एकअर्काप्रति लगाव बढाउँछ ।

कुरा गर्ने बहाना खोज्ने

कसैलाई माया गर्नुहुन्छ भने तपाईंले ऊसँग कुरा गर्ने बहाना खोज्नुपर्छ । जति बढी हुन्छ ऊबारे जान्ने, बुझ्ने कोशिश गर्नुपर्छ । तपाईंलाई मन परेको मान्छेसँग समय बिताउन मन लाग्ने कुरा र नजिक हुन चाहने कुरा व्यक्त गरे तपाईकों मनको कुरा उसले बुझ्न सक्छ ।

सधैं साथ निभाउने

मन परेको मान्छेलाई दुःखमा परेको कसैले हेर्न चाहँदैन । तपार्इंलाई पनि मन परेको मान्छेलाई कसैको साथ सहयोगको खाँचो छ भने उसलाई साथ सहयोग दिनुपर्छ । तपाईंले यस्तो गर्नु भयो भने तपाईंले राखेको ख्याल र दर्शाएको प्रेमभाव अर्काले सहजै महसुस गर्न सक्छ । यसमा भावना मात्रै देखिंदैन, प्रेम पनि व्यक्त भइरहेको हुन्छ ।

ओन्ली माइ हेल्थबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?