+
+

अदुवा खेतीको रकम दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १७:३४

१८ जेठ, काठमाडौं । नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल नागरिक समाज(सिस नेपाल)का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा  भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि १३ लाख ३७८ हजार रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएको छ । उनीहरुले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरीमा अदुवा खेतीका लागि रािष्ट्रय कृषि अनुसन्धान तथा विकास कोषबाट अनुदान लिएका थिए । तर रकम खर्च नगरी नक्कली बील बनाएको आरोप उनीहरुमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?