+
+

जनमत पार्टीले सोध्यो नवनिर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १९:१२

१८ जेठ, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट निर्वाचित सिरहाका तीन जना जनप्रतिनिधिसहित चार जनासँग स्पष्टीकरण मागेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलीपकुमार सिंह, वडासदस्य कमलप्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजयकुमार यादवसँग स्पष्टीकरण मागेको हो ।

‘नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीको उम्मेदवार पराजित हुने गरी षडयन्त्रमा संलग्न रहेको बुझिन आएको हुँदा यस सम्बन्धमा तपाईंलाई किन कारबाही हुनुनपर्ने हो लिखित स्पष्टीकरण ३ दिनभित्र पेश गर्न अनुरोध छ’, चारै जनालाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

चित्तबुझ्दो स्पष्टीकरण नआएमा पार्टीले आवश्यक कारबाही अगाडि बढाउन सक्ने र निर्वाचित जनप्रतिनिधिको हकमा निर्वाचित पदबाट हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने अनुशासन समितिका प्रमुख इन्जिनियर दीपक कुमार साहले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?