+
+

धनगढी उपमहानगरको कार्यपालिकाले पूर्णता पायो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते २०:१७

१८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुुष्मा चौधरी तथा दलित वा अल्पसंख्यकतर्फ अनिल कुमार, चक्रबहादुर नेपाली र महादेव सुनार निर्विरोध निर्वाचित भएका हुन् ।

धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन गरेर चुनाव लडेपनि नेपाली कांग्रेसले कार्यपालिकामा भने एकल बहुमत पुगेपछि अरु दलको साथ नलिएको हो ।

धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?