+
+

‘दलित समुदायका मुद्दालाई सञ्चारमाध्यमले उच्च प्राथमिकतामा राखेनन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १६:३७

१९ जेठ, काठमाडौं । सञ्चारमाध्यमहरुले अझै पनि दलित समुदायका मुद्दालाई उच्च प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

बिहीबार नेपाल प्रेस काउन्सिल र क्रियाशील दलित पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुले समाजको सीमान्तकृत वर्गका भन्दा राजनीतिक विषयको समाचारमै सञ्चारमाध्यमहरु केन्द्रित भएको बताए ।

दलित अधिकारकर्मी सुशील बिकेले जनसंख्याको ठूलो हिस्सा ओगटेको दलित समुदायलाई सरकारले बजेटमा समेत प्राथमिकता नदिएको बताए । सञ्चारमाध्यमहरु समेत राजनीतिक विषयमा केन्द्रित हुँदा दलित लगायत सीमान्तकृत समुदायका मुद्दा ओझेलमा परिरहेको बताए ।

अर्का दलित अधिकारकर्मी हिरा विश्वकर्माले राज्यले दलित समुदायको अभिभावकत्व गर्नै नसकेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दलितका मुद्दालाई महासंघले प्राथमिकता दिइरहेको दाबी गरे । आफ्नो कार्यकालमा सीमान्तकृतका एजेण्डालाई उच्च प्राथमिकता दिएर अघि बढिरहेको उनको भनाइ थियो ।

नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले लामो समयदेखि आफूहरुले दलितका आवाजलाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरुले दलितका मुद्दालाई प्राथमिक दिए नदिएको विषयलाई ध्यान दिने र त्यसमा प्राथमिकता दिन झक्झकाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?