+
+

मेस्सीले भने– हामी विश्वकपको दावेदार होइनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:५३

१९ जेठ, काठमाडौं । एक वर्षको अन्तरमा दोस्रो उपाधि जितेपछि इंग्ल्याण्डको वेम्बलीमा अर्जेन्टिनाका खेलाडीहरुले आफ्ना साथी खेलाडी सुपरस्टार लियोनल मेस्सीलाई हावामा उठाएर उत्सव मनाए ।

सातपल्टका बालोन डी’ओर विजेता मेस्सीले बल्ल राष्ट्रिय टोलीमा उपलब्धीको स्वाद चाख्न थालेका छन् । उपाधिले भरिपूर्ण क्लब करिअरमा उनी उत्तराद्र्धतिर छन् ।

बुधबार अन्तरमहादेशीय च्याम्पियनबीचको प्रतिस्पर्धा फाइललिस्सिमामा मेस्सी प्रेरित अर्जेन्टिनाले इटलीमाथि ३–० गोलको शानदार जित रच्यो । मेस्सीले यसअघि गत जुलाईमा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन टिमको नेतृत्व गरेका थिए ।

अर्जेन्टिनाका लागि कीर्तिमानी १६१औं खेलमा दुई असिस्ट गरेका ३४ वर्षीय मेस्सी आफ्नो पहिलो विश्वकप उपाधि जित्ने लक्ष्यमा थप मजबुद देखिएका छन् ।

उनले भनेका छन्, ‘हाम्रा लागि यहाँको अनुभव निकै सुन्दर रह्यो । हामीलाई थाहा थियो यहाँ राम्रो खेल हुनेछ र एउटा राम्रो सन्तुलनले उपाधि जित्न सम्भव हुनेछ ।’

‘हामी अगाडि बढिरहेका छौं । हामी यस्तै खेलहरु खोजिरहेका छौं । दिनप्रतिदिन सुधारको प्रयास गरिरहेका छौं । हामी आफूलाई विश्वकपको मुख्य दावेदार मान्दैनौं,’ मेस्सीले थपे, ‘तर, हामी जोसुकैविरुद्ध पनि लडाईं जारी राख्नेछौं । यो टिम निकै आशाबादी छ । हामीले सुधार गरिरहनुपर्छ । सेप्टेम्बरमा हाम्रो महत्वपूर्ण खेल छ । विश्वकपमा सानदार प्रदर्शनका लागि सर्वश्रेष्ठ टिम बनाउनेछौं, अझै सुधार गर्नेछौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?