+
+

उत्पात गर्छु भनेर नआत्तिन जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १९:३६

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै उत्पात गर्छु भनेर नआत्तिन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

माओवादीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि काठमाडौंमा आयोजना गरिएको दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा उनले दुई चार वटा जनताको मन छुने काम गरे हुने बताए ।

‘धेरै उत्पात गर्छु भनेर आत्तिनु पर्दैन, जनताको मन छुने दुई चार वटा कार्यक्रम गरे हुन्छ’, उनले भने, ‘प्रदेश र संघको चुनाव आउँदै छ, यो चार पाँच महिनामा सन्देश दिन सकछौं ।’

जनताको साथ लिएर काम गरेका ठाउँमा आफूहरु सफल भएको भन्दै प्रचण्डले जनताको सुझाव लिन क्यालेन्डर बनाउन निर्देशन दिए । प्रचण्डले एक्लो वीर जन्माउने प्रयास भइरहेको भन्दै एक्लो वीरले केही गर्न नसक्ने पनि बताए ।

माओवादीले केन्द्रमा प्रत्येक वर्ष, प्रदेशम ६–६ महिनामा र पालिकामा ३ महिनामा अभिमुखीकरण गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?