+
+

पेट्रोलियम निर्भरता र विस्थापनका चुनौती

पेट्र्र्रोलियम विस्थापन अहिले विश्वकै एक कठिन र चुनौतीपूर्ण मुद्दा हो । विश्वका धेरै देशले आगामी सन् २०५०/५५ तिर पूर्ण रूपमा पेट्र्र्रोलियम विस्थापन गर्ने महत्वाकांक्षी लक्ष्य राखिरहँदा हालको प्रगति भने सन्तोषजनक देखिंदैन ।

ई. विनोद शर्मा ई. विनोद शर्मा
२०७९ जेठ २१ गते १५:१८

जब जब पेट्र्र्रोलियम मूल्यवृद्धिको खबर आउँछ, हाम्रो देशमा पेट्र्र्रोलियम विस्थापनका कुरा चर्चामा रहन्छन् । तर, पेट्र्र्रोलियम विस्थापन ज्यादै चुनौतीपूर्ण कार्य हो ।

विश्वको कुल प्राथमिक ऊर्जा खपतमा ३१.२ प्रतिशत पेट्र्र्रोलियमको हिस्सा छ । अर्थात्, यो सबभन्दा बढी प्रयोग हुने ऊर्जाको स्रोत हो । सन् २०२० मा कोरोना भाइरसका कारण ९ प्रतिशत खपत घट्दा पनि विश्वको प्रति दिन पेट्र्र्रोलियम खपत ९ करोड २२ लाख ब्यारल (१ ब्यारलमा ११९.२४ लिटर) थियो ।

वातावरण संरक्षण, अनवीकरणीय पेट्र्र्रोलियमको समुचित प्रयोग र कार्बन उत्सर्जनलाईर् सीमित गर्न विश्वले सन् २०३० सम्ममा प्रति दिन पेट्र्र्रोलियम खपतलाईर् १० करोड ५० लाख ब्यारलमा सीमित गर्ने लक्ष्य छ । तर, सयौं वर्षदेखि प्रयोग भइरहेको पेट्र्र्रोलियम कुनै एक क्षेत्रमा मात्रै सीमित छैन, यसकारण यसको नियन्त्रण तथा विस्थापन सहज छैन ।

सबभन्दा बढी पेट्र्र्रोलियम प्रयोग हुने क्षेत्र यातायात हो । यातायातमा पेट्र्र्रोलियमलाईर् विस्थापन गर्न सक्ने भरपर्दो इन्धनको विकास हालसम्म भएको छैन । यातायात क्षेत्रमा विद्युत्को अधिकतम प्रयोग भए पेट्र्र्रोलियमको खपत हालको भन्दा करिब १३ प्रतिशत घट्ने विभिन्न सर्वेक्षणले देखाएका छन् ।

यस लेखमा पेट्र्र्रोलियमकोे प्रयोग, महत्व र विस्थापनका विषयमा नेपाल र समग्र विश्वको तुलनात्मक विश्लेषणका साथै नेपालले अवलम्बन गर्नुपर्ने उपाय पनि सुझाइएको छ ।

नेपालको प्राथमिक ऊर्जा आपूर्ति स्थिति

नेपालमा २०१९ मा प्रतिव्यक्ति प्राथमिक ऊर्जाको खपत १५३० युनिट थियो । तुलनात्मक रूपमा यो अत्यन्तै न्यून खपत छ । किनभने, सो वर्ष विश्वको औसत प्रतिव्यक्ति प्राथमिक ऊर्जा खपत २० हजार ९४१ युनिट थियो । नेपालको प्राथमिक ऊर्जा आपूर्ति क्षेत्रगत रूपमा चित्र-१ मा प्रस्तुत गरिएको छ ।

चित्र-१ः नेपालको प्राथमिक ऊर्जा आपूर्ति, २०१९

(स्रोतः आइए वर्ल्ड इनर्जी ब्यालेन्स)

नेपालको आवासीय, औद्योगिक, व्यापारिक, यातायात र कृषि क्षेत्रको ऊर्जा मागको वृद्धि परम्परागत जैविक ऊर्जा मात्रले पूरा हुन नसक्दा अन्य आधुनिक तथा व्यापारिक ऊर्जा स्रोतको प्रयोग बढेको देखिन्छ । तर अझै पनि कुल आपूर्तिको प्रमुख भाग परम्परागत जैविक ऊर्जाले ओगटेको छ ।

१९९० मा कुल आपूर्तिको ९४ प्रतिशत रहेको जैविक ऊर्जा २०१९ सम्म आइपुग्दा जीवाष्म इन्धनमा भएको द्रुत वृद्धि र जलविद्युत्को विशेष प्राथमिकताले ७२ प्रतिशतमा सीमित रहृयो । यस अवधिमा पेट्र्र्रोलियम आपूर्तिमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । १९९० मा पेट्र्र्रोलियमले कुल ऊर्जा खपतको ४.२१ प्रतिशत हिस्सा ओगटेकोमा त्यसपछि क्रमिक वृद्धि भएर २०१९ मा १७.५२ प्रतिशत पुग्यो । सवारी साधनको संख्यामा भएको भारी वृद्धिले सन् २०१५ देखि २०१९ को अवधिमा मात्र पेट्र्र्रोलियम आपूर्ति दुई गुणा बढेको थियो ।

विश्वले करिब ३६ प्रतिशत विद्युत् कोइला प्रयोगबाट निकालिरहेको अवस्थामा नेपालमा राष्ट्रियस्तरमा कोइलाको प्रयोगबाट विद्युत् उत्पादन नहुनु सकारात्मक कुरा हो । नेपालमा कोइला प्रयोग उद्योग र व्यापारिक क्षेत्रमा मात्र सीमित छ । देशमा उत्पादित लगभग सबै विद्युत् नवीकरणीय स्रोत (जल) बाट उत्पादन भएको छ ।

तर, विश्वले कुल मागको करिब १२ प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट पूर्ति गरिरहँदा नेपालमा नवीकरणीय स्रोतबाट कुल प्राथमिक ऊर्जा आपूर्तिको केवल ४ प्रतिशत मात्र पूर्ति भइरहेको छ । यसले नेपालमा नवीकरणीय ऊर्जा तथा विद्युत्को प्रयोग न्यून रहेको प्रष्ट देखाउँछ ।

सन् २००० देखि २०१९ सम्मको अवधिमा ७२ प्रतिशत बढेको कुल प्र्र्राथमिक ऊर्जाको माग पूर्ति गर्न जीवाष्म इन्धन २४.५ प्रतिशत र नवीकरणीय तथा जैविक ऊर्जा एकमुष्ट ४९ प्रतिशत बढेको छ । तसर्थ जीवाष्म इन्धनलाई सीमित गर्ने विश्वले लिएको लक्ष्य पछ्याउन नेपाललाई निकै चुनौतीपूर्ण देखिन्छ ।

नेपालको प्राथमिक ऊर्जा खपतको प्रवृत्ति

नेपालको प्राथमिक ऊर्जाको खपतलाईर् क्षेत्रगत प्रयोगका आधारमा हेर्दा अझै पनि सबभन्दा बढी ऊर्जा, जम्मा खपतको झण्डै ८४ प्रतिशत आवासीय प्रयोजन (खाना पकाउन, प्रकाश तथा तापको प्रायोजनार्थ) का लागि प्रयोग भएको देखिन्छ । सन् २०१५ सम्म नेपालमा कुल आवासीय ऊर्जा मागको ८४ प्रतिशत पूर्ति दाउरा र जैविक इन्धनबाट हुन्थ्यो ।

गार्हस्थ्य वर्गमा सर्वाधिक ४५ प्रतिशत विद्युत् खपत भइरहँदा पनि यसले कुल आवासीय मागको केही प्रतिशत भाग मात्र ओगट्छ । नेपालका हरेक क्षेत्रमा विद्युत् प्रयोेग अत्यन्तै न्यून छ । यातायातमा लगभग सबै जीवाष्म इन्धन प्रयोग भइरहेको छ भने आवासीय प्रयोजनमा २ प्रतिशत, कृषिमा ५ प्रतिशत, व्यापारिक क्षेत्रमा १० प्रतिशत र औद्योगिक क्षेत्रमा १४ प्रतिशत मात्र विद्युत् प्रयोग भइरहेको देखिन्छ ।

उल्लेखित सबै क्षेत्रको बाँकी माग जीवाष्म इन्धन र परम्परागत जैविक ऊर्जाबाट पूर्ति भइरहेको छ । यी विवरणहरू एशियाली विकास बैंकले प्रकाशन गरेको नेपाल ऊर्जा क्षेत्र मूल्यांकन, रणनीति र रोडम्याप- २०१७ बाट लिइएको हो ।

अहिले पनि जैविक ऊर्जा प्रयोग आवासीय प्रयोजनमा सर्वाधिक नै छ, तर खाना पकाउन पेट्र्र्रोलियम ग्याँस चलाउनेको संख्या अधिक बढेको अनुमान गर्न सकिन्छ । पछिल्लो समय आवासीय प्रयोजन र व्यापारिक क्षेत्रमा पनि विद्युत् प्रयोग केही बढेको देखिन्छ । ग्राहक वर्गीकरण अनुसार विद्युत् खपतलाई चित्र-२ मा देखाइएको छ ।

(स्रोतः नेपाल विद्युत् प्राधिकरण)

चित्र-२ : ग्राहक वर्गीकरण अनुसार विद्युत् खपत २०२१

नवीकरणीय ऊर्जाको आवश्यकता र अवसर

जीवाष्म इन्धनमा नेपाल पूर्ण रूपमा भारतनिर्भर छ । पेट्र्र्रोलियम सञ्चिति कम भएको हुँदा भारत पनि अन्य देशमा निर्भर छ । हालको मागका आधारमा भारतसँग ३ वर्ष मात्र पुग्ने पेट्र्र्रोलियम सञ्चिति छ ।

विश्वमै सीमित सञ्चिति रहेको पेट्र्र्रोलियमको उत्खनन् तुलनात्मक रूपमा सहज र सुलभ भएका विकसित तथा प्राविधिक हिसाबले सबल राष्ट्रहरूमा सर्वाधिक भइरहेको देखिन्छ । अमेरिका, साउदी अरेबिया र रसिया सबभन्दा बढी पेट्र्र्रोलियम उत्पादन गर्ने राष्ट्र हुन् । सबभन्दा बढी सञ्चिति रहेको भेनेेजुएलामा उत्पादन दर तुलनात्मक रूपमा कम छ ।

हालको दरमा पेट्र्र्रोलियम खपत भइरहने हो भने विश्वको कुल सञ्चितिले ४४ वर्ष मात्र पुग्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा पेट्र्र्रोलियमको भाउ पनि निरन्तर बढिरहने निश्चित छ । पेट्र्र्रोलियमको प्रयोग मूलतः यातायात, उद्योग र कृषि क्षेत्रमा हुने भएकाले यसको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव आमजनतामा पर्छ । यस्तो अवस्थामा नेपाल जस्तो सञ्चिति नै नभएको देशले यथाशीघ्र पेट्र्र्रोलियमको विकल्प खोज्नु अत्यावश्यक छ ।

विश्वमा नवीकरणीय स्रोतबाट उत्पादित विद्युत् र आधुनिक जैविक इन्धनले पेट्र्र्रोलियमलाईर् विस्थापन गर्ने अपेक्षा गरिएको छ । प्रायः सबै देशले नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् । जीवाष्म इन्धन सञ्चिति तुलनात्मक रूपमा कम भएका देशहरूले नवीकरणीय ऊर्जामा सर्वाधिक लगानी गरेको देखिन्छ । चीन र यूरोपका देशहरू यसका उदाहरण हुन् ।

पेट्र्र्रोलियम विस्थापन अहिले विश्वकै एक कठिन र चुनौतीपूर्ण मुद्दा हो । विश्वका धेरै देशले आगामी सन् २०५०/५५ तिर पूर्ण रूपमा पेट्र्र्रोलियम विस्थापन गर्ने महत्वाकांक्षी लक्ष्य राखिरहँदा हालको प्रगति भने सन्तोषजनक देखिंदैन ।

विश्व बैंकको एक सर्वेक्षण अनुसार तोकिएको समयावधि भित्र सो लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जामा झण्डै ७ गुणाले लगानी बढाउनुपर्ने देखिन्छ, जुन नेपाललगायत कैयौं देशका लागि निकै चुनौतीपूर्ण छ । २०२१ मा नवीकरणीय र आधुनिक ऊर्जामा विश्वकै कुल लगानीको ३५.२ प्रतिशत एक्लै लगानी गरेको र जीवाष्म इन्धनको विस्थापनका लागि पर्याप्त कोष छ भनी उद्घोष गरिसकेको चीनले समेत आफ्नो देशमा जीवाष्म इन्धनको प्रयोगको उत्सर्जन सन् २०३० सम्म अझै बढ्नसक्ने जनाएको छ ।

जीवाष्म इन्धनमा नेपालको अति निर्भरताले यसको विस्थापन छिट्टै हुने सम्भावना छैन । दीर्घकालीन नीति, प्रयास र यस क्षेत्रमा हुने आविष्कारले यसमा महत्वपूर्ण भूमिका खेल्छ । यस प्रयासमा २००५ देखि योजनाबद्ध ढंगले अनवरत लागेका र हाल अगाडि रहेका यूरोपियन देशहरूमा समेत पेट्र्र्रोलियम प्रयोग हुने मुख्य क्षेत्र यातायातमा नवीकरणीय ऊर्जा तथा जैविक इन्धनको हिस्सा १०.२ प्रतिशत मात्र छ । अझ, विद्युत्को हिस्सा त केवल १ प्रतिशत मात्रै देखिन्छ ।

पेट्र्र्रोलियमभन्दा कम क्यालोरिफिक भ्यालु -प्रतिकिलो इन्धन उत्पादन हुने शक्ति) भए पनि नवीकरणीय जैविक इन्धनले हाल सडक यातायात क्षेत्रमा पेट्र्र्रोलियम विस्थापनमा मद्दत गरिरहेको देखिन्छ ।

पेट्र्र्रोलियम विस्थापनका प्रयासहरू हालसम्म सडक यातायातमा मात्रै सीमित छ, जबकि पेट्र्र्रोलियमको ठूलो हिस्सा हवाई यातायातमा पनि खपत भइरहेको छ । हवाई यातायातमा पेट्र्र्रोलियम विस्थापन गर्न हाइड्र्रोजन ऊर्जाबाट आशा गरिएको छ, जुन विश्वकै लागि नवीन छ । यसमा थुप्रै अनुसन्धान भइरहेका छन् ।

अर्काेतिर, कुल प्राथमिक ऊर्जा आपूर्तिमा नवीकरणीय ऊर्जाको युरोपमा २२ प्रतिशत र एशियामा १५ प्रतिशत मात्र हिस्सा छ । नवीकरणीय ऊर्जामा विश्वको लगानी, प्राथमिकता र वातावरण संरक्षणमा भइरहेको ध्यानाकर्षणले यसको भविष्य निर्विर्कल्प देखिए पनि थुप्रै चुनौती छन् ।

प्रभावकारी बहुउद्देश्यीय प्रयोग, कम चुहावट, सहज नियन्त्रण तथा भण्डारण जस्ता कारण अहिले विद्युत् शक्ति विश्वमा अत्यधिक प्रयोग गरिन्छ । अहिले पनि विश्वमा करिब ४४ प्रतिशत ऊर्जा विद्युत् उत्पादनमा प्रयोग भइरहेको छ । यसमा कोइलाको हिस्सा सर्वाधिक ३६ प्रतिशत छ । तसर्थ नवीकरणीय ऊर्जाबाट विद्युत् उत्पादन गरेर हरेक क्षेत्रमा विद्युत् प्रयोग बढाउने विश्वमै देखिएका दुई प्रमुख चुनौती हुन् ।

नेपालमा सम्भावित पेट्रोलियम विस्थापन प्रयास

पेट्र्र्रोलियम लगायत अनवीकरणीय ऊर्जा विस्थापनका प्रयासहरू राष्ट्र अनुसार भिन्न छन् । यसमा प्रत्यक्ष प्रभाव राख्ने कारकहरूमा ऊर्जा आपूर्तिको प्रवृत्ति, राष्ट्रमा जीवाष्म इन्धनको सञ्चितिको अवस्था, नवीकरणीय ऊर्जाका स्रोतको उपलब्धता र राष्ट्रको नीति तथा आर्थिक स्थिति देखिन्छन् । त्यसैले, नेपालले पेट्र्र्रोलियम विस्थापनमा गर्ने प्रयास पनि अन्य राष्ट्रभन्दा पृथक् हुन सक्नेछन् ।

पेट्र्र्रोलियम विस्थापनमा युरोप अगाडि हुनु जीवाष्म इन्धनको सञ्चिति उल्लेख्य नहुनु तथा नवीकरणीय ऊर्जालाई राष्ट्रिय नीतिमा विशेष प्राथमिकता दिनाले हो ।

चाखलाग्दो कुरा के छ भने आफूसँग नवीकरणीय ऊर्जाको कुनै ठूलो सम्भाव्यता नभएको सिंगापुर विश्व ऊर्जा रूपान्तरण सूचकांकमा एशियाको शीर्ष स्थानमा छ । जीवाष्म इन्धन पेट्र्र्रोलियमको विकल्पमा कम कार्बन उत्सर्जन गर्ने प्राकृतिक ग्याँसको व्यापक प्रयोग र बाहृय देशबाट विद्युत् आपूर्ति गर्दा नवीकरणीय ऊर्जाबाट उत्पादन गरिएको विद्युत्को मात्र आपूर्ति गर्ने नीतिले सिंगापुर एशियाको शीर्ष स्थानमा पुगेको हो । पेट्र्र्रोलियमको प्रशस्त स्रोत नभए पनि कोइला सञ्चितिका आधारमा भ्ाारत विश्वको पाँचौं स्थानमा छ ।

जीवाष्म इन्धन सञ्चिति कम रहेका देशहरूले नवीकरणीय ऊर्जाका लागि बढी लगानी गरेको चर्चा माथि गरियो । तसर्थ, कुल ऊर्जा मागको अधिकांश भाग कोइलाबाट पूर्ति गरिरहेको भारतले लिने हरित ऊर्जा सम्बन्धी नीति जीवाष्म इन्धनको कुनै ठूलो सञ्चिति नरहेको तथा शतप्रतिशत विद्युत् नवीकरणीय ऊर्जा -जल) स्रोतबाट उत्पादन गर्ने हाम्रो देशका लागि उपयुक्त नहुन सक्छन् । बरु, जलविद्युत्को ठूलो सम्भाव्यता रहेका र कम कोइला खपत गर्ने यूरोपका नर्वे, स्विडेनले लिएका नीतिहरू हाम्रा लागि उत्तम हुनसक्छन् ।

पछिल्लो समय नेपालमा पेट्र्र्रोलियमको माग तीव्र गतिमा बढिरहेको छ । सम्पूर्ण पेट्र्र्रोलियम आयात गर्नुपर्ने बाध्यता, अन्तर्राष्ट्रिय बजारमा निरन्तर भएको मूल्यवृद्धि र कमजोर अर्थतन्त्रका कारणले न तत्काल पेट्र्र्रोलियम विस्थापन गर्न सकिने अवस्था छ न त विस्थापनमा विलम्व गर्नु ठिक छ । मध्यमार्गी विकल्पको रूपमा क्रमिक रूपमा पेट्र्र्रोलियम खपत नियन्त्रण गर्ने नीति र जीवनशैली अत्यावश्यक भएको देखिन्छ ।

नेपालमा पेट्रोलियमको माग नियन्त्रण गरी विस्थापन गर्न निम्नलिखित प्रयास गर्न सकिन्छ-

(क) जलविद्युत्बाट परिपूर्ति गर्न सकिने क्षेत्रहरू (जस्तै- गार्हस्थ्य तथा आवासीय प्रायोजन) मा पेट्र्र्रोलियम प्रयोगमा नीतिगत कडाइका साथै आवश्यकता अनुसार ऊर्जा रूपान्तरणमा मद्दत गर्ने ।

देशको वर्तमान आर्थिक अवस्था र पेट्र्र्रोलियममा चरम निर्भरताका कारण आधुनिक प्रविधि वा ऊर्जा स्रोतको आयात वा आविष्कार तत्काल गर्न सकिने अवस्था देखिंदैन । तसर्थ अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका आधारभूत विद्युतीय उपकरणहरूको गुणस्तर, ऊर्जा दक्षता, प्रयोगकर्ताको सुरक्षा, प्रयोगको समग्र अर्थ व्यवस्थाको मूल्याङ्कन गरी नीतिगत रूपमा नै प्रोत्साहन गर्नु पेट्र्र्रोलियम विस्थापनको पहिलो प्रयास हुनेछ ।

जस्तो- एलपीजी (ग्याँस) चुल्होको विकल्पमा विद्युतीय चुल्हो, ग्याँस गिजरको विकल्पमा विद्युत् तथा सौर्य ऊर्जा, डिजल मिलको विकल्पमा विद्युत् मिल आदि । साथै विद्युतीय यातायात संचालनका लागि विशेष प्रोत्साहनका साथै पूर्वाधार निर्माणमा जोड दिन सकिन्छ ।

(ख) विद्युत्लाई नियमित र भरपर्दो गराउने । पेट्र्र्रोलियम विस्थापनको आधार मानिएको विद्युत्लाईर् सर्वसुलभ, नियमित र भरपर्दो गराउनु अहिलेको पहिलो कदम तथा चुनौती हो । करिब ९० प्रतिशत जनसंख्यामा पुगे पनि विद्युत् नियमित र भरपर्दाे नहुँदा सजिलै पेट्र्र्रोलियमलाई विस्थापन गर्न सकिने अवस्था छैन ।

विद्युत् नियमित नहुँदा पेट्र्र्रोलियम प्रयोग गर्ने धेरै आपतकालीन प्लान्टहरू संचालनमा छन्, जसले पेट्र्र्रोलियमको अतिरिक्त प्रयोग बढाइरहेको छ । साथै विद्युत् शक्तिले निकट भविष्यमा बहन गर्नुपर्ने जिम्मेवारीलाई ध्यानमा राखी विद्युतीय संरचनाहरूको निर्माण गर्न आवश्यक छ ।

(ग) जैविक ऊर्जाको आधुनिकीकरण गरी पेट्र्र्रोलियम विस्थापन गर्ने मुख्य ऊर्जा स्रोतको विकास गर्ने । जैविक ऊर्जा नेपालमा सबभन्दा बढी प्रयोग हुने ऊर्जा स्रोत हो । हाल लगभग सबै जैविक ऊर्जा परम्परागत शैलीमा घरायसी माग पूर्तिका लागि प्रयोग भइरहेको छ ।

विश्वमा जैविक ऊर्जालाई नवीकरणीय ऊर्जाको रूपमा औद्योगिक तथा यातायात क्षेत्रमा समेत प्रयोग गरिंदै आए पनि नेपालमा यसको चर्चा निकै कम सुनिने गरेको छ । हाम्रो वर्तमान जीवनशैली र जैविक ऊर्जाको उपलब्ध सम्भाव्यताका कारण पनि नेेपालमा पेट्र्र्रोलियमको विस्थापन गर्न जैविक ऊर्जा प्रयोगको प्रविधिमा आधुनिकीकरण गरी एक मुख्य ऊर्जा स्रोतको रूपमा विकास गर्नुपर्दछ ।

(घ) पेट्र्र्रोलियमको मूल्यलाई प्रयोगका आधारमा विभाजन गर्ने । पेट्र्र्रोलियमको नियन्त्रित प्रयोग तथा विस्थापनलाईर् मद्दत गर्ने प्रायोजनका निमित्त यसको प्रयोगलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ ।

(अ) आधारभूत अपरिहार्य प्रयोग

यस वर्गमा अन्य ऊर्जा स्रोतबाट तत्काल पूर्ति गर्न नसकिने पेट्र्र्रोलियमको आधारभूत तथा अपरिहार्य प्रयोगलाई राख्न सकिन्छ । यस वर्गका विशेषतामा आधारभूत जीवनस्तरसँग सम्बन्धित पेट्र्र्रोलियम प्रयोग र न्यूनतम तथा सहुलियतपूर्ण मूल्य हुनेछन् । सार्वजनिक सवारी, एम्बुलेन्स, दमकल, संवेदनशील क्षेत्र -अस्पताल, एयरपोर्ट आदि) का आपतकालीन प्लान्ट आदि ।

(आ) नियमित अनुशासित प्रयोग

यस वर्गमा पेट्र्र्रोलियमको त्यस्ता प्रयोग पर्न सक्छन्, जुन क्रमशः नवीकरणीय ऊर्जाबाट पूर्ति गर्नुपर्नेछ । त्यसैले हाल ती प्रयोगमा ऊर्जा दक्षतालाई विशेष महत्व दिइनेछ । यस वर्गमा निजी सवारी- दुईपांग्रे र चारपांग्रे (साधारणतया कम्तीमा ५० प्रतिशत सिट प्रयोगमा आउने), गार्हस्थ्य प्रयोजन, अपरिहार्य व्यापरिक तथा औद्योगिक प्रयोग पर्न सक्नेछन् ।

(इ) वैकल्पिक विलासिताको प्रयोग

आधारभूत जीवन स्तरका दृष्टिले विलासी प्रयोग र अन्य नवीकरणीय ऊर्जा स्रोतबाट पनि तत्काल परिपूर्ति गर्न सकिने प्रयोगलाई यस वर्गमा राख्न सकिनेछ । यस वर्गको आशय यस किसिमका पेट्र्र्रोलियमको प्रयोगलाई निरुत्साहन गर्नु हो । यस वर्गका विशेषतामा उच्च मूल्य र विलासी प्रयोग पर्छन् । विलासी सवारी साधन, धेरै ऊर्जा खपत गर्ने मोटर आदिलाई यस वर्गमा राख्न सकिन्छ ।

(ङ) विस्थापन करको व्यवस्था । नेपालको परिप्रेक्ष्यमा पेट्र्र्रोलियमको दिगो तथा व्यवस्थित विस्थापन अपरिहार्य छ जुन नियन्त्रित प्रयोगबाट मात्रै सम्भव छ । पेट्र्र्रोलियममा विद्यमान रहेका धेरै करहरूको विकल्पमा विस्थापन करको व्यवस्था गर्न सकिन्छ, जसको प्रयोग आधुनिक नवीकरणीय ऊर्जा तथा जैविक ऊर्जामा गर्न सकिन्छ । विस्थापन

करको मात्रा वर्ग अनुसार फरक-फरक हुनेछ । यस व्यवस्थाबाट पेट्र्र्रोलियमको बढ्दो मागले विस्थापनमा पनि मद्दत पुग्नेछ ।

(च) मौसमी र गतिशील पेट्र्र्रोलियम मूल्य । पेट्र्र्रोलियमको मूल्यलाईर् पनि अन्य मौसमी र गतिशील मूल्य कायम भएका ऊर्जाको उपलब्धता अनुसार कायम गर्न सकिनेछ । जस्तै- विद्युत् उत्पादन माग भन्दा बढी हुने वषर्ायाममा दुवै ऊर्जाबाट माग पूर्ति गर्न सकिने प्रयोगमा विद्युत्को मूल्यमा सहुलियत र पेट्र्र्रोलियमको प्रयोगमा मूल्यवृद्धि गर्न सकिन्छ ।

(छ) चुहावट नियन्त्रण र पेट्र्र्रोलियमको दक्ष प्रयोग (सडक र साधन) । पेट्र्र्रोलियम ढुवानीमा हुने चुहावटका साथै दक्ष प्रयोगलाई नियमन गर्नु अति आवश्यक छ । अति पुराना सवारीलाईर् पेट्र्र्रोलियमको दक्ष प्रयोग र प्रदूषण दुवैै कारणले निषेध गर्न सकिन्छ ।

सार्वजनिक सवारी भरपर्दा र सेवामुखी नहुँदा निजी गाडीको संख्या बढिरहेको छ । यसले पेट्र्र्रोलियमको कुशल प्रयोग भइरहेको छैन । त्यस्तै साधन र इन्धनको दक्ष प्रयोगलाई मूल्याङ्कन नगरी निर्माण गरिएका सडक, मर्मतविहीन सडक स्थिति र लामा डाइभर्सन सडकखण्डका कारण पनि पेट्र्र्रोलियमको प्रयोग केही बढी भइरहेको छ ।

(ज) सह-उत्पादनको अवधारणा । विशेषतः औद्योगिक तथा बढी इन्धन खपत हुने ठाउँहरूमा जीवाष्म इन्धनसँगै जैविक इन्धनको सह-उत्पादन अवधारणा प्रयोग गर्न सकिन्छ । यसले जीवाष्म इन्धनको खपत कम गर्छ ।

अन्त्यमा, पेट्र्र्रोलियमको निर्भरता, सीमित सञ्चिति, सहज विस्थापनमा देखिएका चुनौती र अन्तर्राष्ट्रि्रय बजारमा निरन्तर भएको मूल्य वृद्धिका कारण नेपाललाईर् परेको असहजताको यथार्थ जानकारी जनतालाईर् गराई पेट्र्र्रोलियमको खपत कम गर्न चेतनामूलक अभियानका रूपमा माथि उल्लेखित उपाय कार्यान्वयन गर्नु आवश्यक छ । त्यस्तै, आवश्यक पूर्वाधार विकास गरी बजारभित्र साइकल र इलेक्टि्रक स्कुटर प्रयोग तथा ग्रामीण क्षेत्रमा धुवाँरहित चुल्होलाईर् प्रोत्साहन गर्दा पेट्र्र्रोलियम पदार्थको खपत उल्लेख्य रूपमा कम गर्न सकिन्छ ।

(लेखक नेपाल इलेक्ट्रिकल इन्जिनियर्स वेलफेयर एशोसिएसनका सचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?