+
+

किशोर मृत भेटिएपछि अछाममा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

जनक विष्ट जनक विष्ट
२०७९ जेठ २१ गते १९:३२

२१ जेठ, धनगढी । अछाममा जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका – ४ का १५ वर्षका किशोर विनाेद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका-४ स्थित घर नजिकै शाही मृत अवस्थामा भेटिएपछि स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही माग राख्दै प्रहरीलाई शव उठाउन नदिएपछि तनाव भएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले स्थानीयकाे अवराोधका कारण तनाव सिर्जना भएपछि अश्रुग्यास प्रहार र हवाई फायर गरिएकाे बताए ।

उनकाअनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । तर आक्राेशित स्थानीयले प्रहरी प्रशासन विरूद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । उनकाअनुसार अहिले छिमेकी जिल्ला डाेटीबाट थप सुरक्षाकर्मी मगाइएकाे छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियाे । जेठ १७ गते स्थानीय बजारमा मदिरा सेवन गरिरहेका बेला दुवै पक्षबीच झगडा भएकाे थियाे । साे क्रममा प्रहरी र स्थानीयबीच समेत विवाद भएकाे थियाे ।

राति ९ देखि करीब १२ बजेसम्म चलेकाे विवादकै क्रममा शाही बेपत्ता भएका परिवारको दाबी छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?