+
+

आइफोन, आइप्याड प्रयोगकर्ताको १५ अर्ब डलर जोगाइदियो एप्पलले

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १६:०८

२२ जेठ, काठमाडौं । एप्पलका डिभाइसहरु केवल प्रिमियम गुणस्तर तथा मूल्यका कारण मात्र लोकप्रिय छैनन् एप्पलले आफ्ना डिभाइसहरुलाई प्रयोगकर्ताको सुरक्षाको दृष्टिकोणले पनि अब्बल बनाउने गरेको छ ।

हलै एप्पलले आइफोन प्रयोगकर्ताका डाटाहरु ब्लाक मार्केटमा विक्रि हुनबाट कसरी जोगाइएको छ भन्ने तथ्यको खुलासा गरेको छ ।

एप्पल प्रयोगकर्ताको अर्बौँ डलर रकम गत वर्ष सन् २०२१ मा जोगाइदिएको कम्पनीको भनाइ छ ।

आफ्नो ब्लगमा कम्पनीले जनाए अनुसार सन् २०२१ मा एप्पलले एप स्टोरमा करीब डेढ अर्ब डलरको ठगीपूर्ण कारोबार हुनबाट प्रयोगकर्तालाई जोगाएको छ ।

एप्पलले आफ्ना प्रयोगकर्ताहरुको पैसा, सूचना तथा समय त जोगाइदिएकै छ, त्यसका अलावा १० लाखभन्दा धेरै समस्याग्रस्त एपहरुलाई पनि एप स्टोरबाट हटाइदिएको छ । एप्पलका अनुसार उसले गतवर्ष जोखिमयुक्त १६ लाख वटा एप तथा एप अपडेटहरुबाट प्रयोगकर्ताहरुमाथि ठगी हुनबाट जोगाएको छ ।

एप्पलले भनेको छ, ‘खराब तत्वहरुले लगातार आफ्नो अनलाइन ठगीका नयाँ नयाँ तरिका विकसित गरिरहेका छन् । यसले त्यस्ता चालहरु पहिचान गर्न कठीन हुन्छ । सोही कारण एप्पलले आफ्ना प्रोसेसहरुलाई शुद्धीकरण गर्ने, नयाँ प्रोसेसहरु तयार गर्ने र त्यस्ता जोखिमहरुबाट जोगिने तरिका खोजी गर्ने गर्दछ ।’

सन् २०२१ मा एप्पलले ठगी तथा दुरुपयोगमा संलग्न १७ करोड प्रयोगकर्ताका अकाउन्टलाई डिएक्टिभेट गरिदिएको छ । त्यस्तै चोरी भएका ३३ करोड कार्डलाई दुरुपयोग हुनबाट रोकेको एप्पलको दाबी छ । एप्पलका अनुसार सन् २०२१ म १ लाख ७ हजार भन्दा धेरै नयाँ डेभलपर्स एप्पलको एप स्टोरमा जोडिएका छन् ।

ग्तवर्ष साढे ३४ हजार एपलाई हिडन वा अनडकुमेन्टेड फिचरका कारण अस्विकृत गरिएको एप्पलले जनाएको छ । त्यस्तै १ लाख ५७ हजार एपलाई स्पाम, नक्कल वा गलत तथ्यका कारण अस्वीकृत गरिएको छ । त्यस्तै एक लाख ५५ हजार एपलाई नियम उल्लंघनका कारण एप स्टोरबाट हटाइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?