+
+

मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:४२
बलिउड अभिनेता सलमान खान । फाइल तस्वीर

काठमाडौं । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ ।

साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ खबरअनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र फेला पारेका छन् ।

मर्निङ वाकमा निस्कने क्रममा उनले घरबाहिर भेटाएको पत्रमा सलमानलाई मुसेवालाकै जस्तो हालत बनाइदिने चेतावनी दिइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उक्त पत्रपछि नाम नखुलेको एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरिएको छ ।

मुम्बई प्रहरीले यसबारे अनुसन्धान थालिसकेको छ । प्रहरीका अनुसार सलमान मात्र होइन, पिता सलिमलाई समेत उक्त पत्रमार्फत ज्यान मार्ने धम्की दिइएको छ । सलिमले यसबारे प्रहरीलाई बयान दिइसकेका छन् ।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ छायांकनको क्रममा भएको कालो हरिण शिकारको घटनामा संलग्न भनिएका सलमानलाई त्यतिबेला पनि लरेन्स बिस्नोइ ग्याङले मार्ने धम्की दिएको थियो । सिद्धू मुसेवालाको हत्या घटनामा पनि अहिले तिहाड जेलमा रहेका लरेन्स बिस्नोइमाथि सोधपुछ भइरहेको छ ।

यसैसाता सलमान अबुधाबीमा सम्पन्न आइफा अवार्डमा सहभागी भएर मुम्बई फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?