२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीको अनुसार उनीहरुविरुद्ध १ लाख रुपैयाँ जरिवाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुदा पनि दायर गरिएको छ ।
जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिइसकेको अवस्थामा गत चैतमा पक्रेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4