
२३ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि २५.९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
१०० मेगावाटको तामाकोशी-५का लागि १६ अर्ब ४५ करोड ९८ लाख र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए ।
तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन लागेको आयोजना हो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोबाट विद्युत् उत्पादन भएपछि बाहिर निस्किएको पानी सुरुङमार्फत लगेर तामाकोशी-५ बाट विद्युत् उत्पादन गर्ने योजना छ ।
(स्वीकृत भएको लगानीको रकम २५.९२ अर्ब रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ -सं)
प्रतिक्रिया 4