+
+

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १९:३०

२३ जेठ, भक्तपुर । भक्तपुरको लोकन्थलीमा दूधको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बाग्मती प्रदेश ०१-००४ क ०५८० नम्बरको ट्यांकरले प्रदेश ०२-०२५ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिँदा  चालक जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ का नकुल थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।

थापाको नागरिक अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ट्याङकर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष ३५ को राजन ब्यान्जुलाई प्रहरीले पक्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?